Ntc summer Offer
Khabar Dabali १८ असार २०८१ सोमबार | 1st July, 2024 Mon
NIMB

बुढीगण्डकीको काम अघि नबढाए असोज १ देखि सशक्त आन्दोलन गर्ने बाबुरामकाे चेतावनी

खबरडबली संवाददाता

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।

सरकारले जलासययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेकोमा डा. भट्टराईले बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग राखेका छन् ।

भट्टराईले बुझाएको तीन बुँदे मागको पहिलो नम्बरमा अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्नुपर्ने उल्लेख छ । अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बुढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन डा. भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए ।  सो टोलीमा सहभागी नेसपा नेता मानुषी यमी भट्टराईले बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको काम भदौ मसान्तभित्र सुरु गर्न सरकारलाई अल्टिमेटम दिइएको जानकारी दिइन् । काम सुरु नभए सशक्त आन्दोलन गर्ने जानकारी पनि प्रधानमन्त्री प्रचण्डलाई गराइएको उनले बताइन् । 

उनका अनुसार बुढीगण्डकी आयोजनामा सरकारको खर्च बढेको बढ्यै भए पनि प्रगती एकदमै न्यून छ । त्यसैले यसलाई तत्काल काम अघि नबढाए आयोजना ‘कोल्याप्स’ हुने खतरा रहेको उनले बताइन् ।

प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउनु अघि डा। भट्टराईले गोरखाका नेता, सांसद र स्थानीयसँग पनि यसबारे छलफल गरेका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदीको मुल्य उकालाे लाग्दै, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ ।  यस अघि शुक...

कुकुरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का घाइते

काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग मोटरसाइकल ठोक्किदा एक युवाको मृत्यु भएको छ । अर्का युवा घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार...

नदीहरुमा बाढीको सतह बढ्दो, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्क...

नदीहरुमा बाढीको सतह बढ्दो, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्क...

क्यान्सर उपचारका लागि नेपाल आएका चिनियाँ नागरिक चितवनमा मृत भेटिए

चितवन । भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिएका छन् । असार १० गते उपचारको लागि क्यान्सर अस्पताल आएका ...

बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा बस विसौनी निर्माण

काठमाडौं। अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ ...

बीएण्डबी अस्पतालमा गरियो पहिलोपटक रोबोटबाट सर्जरी

काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरिएको छ । सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो । वरिष्...

प्रधानमन्त्रीले मेसिनबाट रोपे धान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा  मेसिनबाट धान रोपेका छन् । प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्र...

एसईईको नतिजा नराम्रो आएपछि एक छात्राले गरिन् आत्महत्या

दोलखा। एसईईको नतिजा राम्रो नआएपछि दोलखाकोे गौरीशंकर गाउँपालिका वडा नम्बर २ की एक छात्राले आत्महत्या गरेकी छन् । गौरीशंकर गाउँपालिका–२ जुँगुका रामबह...

चक्रपथ विस्तारका लागि सामुहिक दबाब यात्रा

काठमाडौं । चक्रपथ  विस्तारका लागि दबाब यात्रा गरिएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा बिहान कलंकी क्षेत्रब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy