Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम हाेइन : अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जवज) स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन् । 

शुक्रवार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा उनले सो कुरा बताएका छन् । उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताए । 

जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको बताए । अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताए । उनले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताए । उनले जबजले अहिले पनि मार्गदर्शन गरिरहेको बताए । उनले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताए । 

उनले भने, ‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ । जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्न होइन । मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन ।’

जबज हामीले भनेको मदन भण्डारी हाम्रो अत्यन्त निकट मित्र भएको उनले चर्चा गरे । उहाँ हाम्रो नेता हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो, आफन्त हुनुहुन्थ्यो, चिने जानेको मान्छे हुनुहुन्थ्यो उनले थपे, “ उहाँको अगुवाईमा भएको हुनाले जबज त कसरी छोड्ने ? भन्नेकुरा होइन । यो देशको अग्रगमनका लागि जननेता मदन भण्डारीले उहाँको अगुवाइमा यसमा धेरै अतिसयुक्ति हुनु हुँदैन । उहाँको अगुवाइमा एमालेले जनताको बहुदलीय जनवाद प्रत्युत्पादन गर्‍यो ।”

जबज कुनै ध्यानबाट, तपबाट कुनै आसन, व्यायाम, ध्यान कठोर तपस्याबाट नआएको भन्दै उनले देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नका लागि आएको बताए । फरक प्रसंगमा अध्यक्ष ओलीले २८ प्रतिशत वन क्षेत्रलाई सघन वन क्षेत्रमा नै परिणत गर्नुपर्ने र करिव ४० प्रतिशत सघन वन क्षेत्र बनाउनुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपचारकाे लागि दुर्गा प्रसाईँलाई वीर अस्पताल लगियो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । अदालतको आदेश अनुसार उपचार गराउन उनलाई अस्पताल लगिएको साइबर ब्यूरोका ए...

धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडाैं । धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएकाे छ । बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अध...

घोडाघोडी मन्दिरकाे एकै मण्डपमा २३ जोडीको बिवाह

कैलाली । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिम...

सुनसरीमा सवारी दुर्घटनामा परी दम्पतीको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सङ्खुवासभाको धर्मद...

मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु

माेरङ । मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायसले सा...

चार महिनामा १० अर्बबढीकाे खाद्यान्न आयात

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गर...

आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन

काठमाडौं । आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन भएकाे छ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व संकल...

महिलाको हत्या गरी शव फाल्ने पक्राउ

काठमाडाैं । महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका प्रहरी जनाएको छ । उदयपुर घर भएकी ४५ ...

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।  कम्बो...

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक घटे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy