Ntc summer Offer
Khabar Dabali १८ असार २०८१ सोमबार | 1st July, 2024 Mon
NIMB

रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

खबरडबली संवाददाता

कालिकाेट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नम्बर १ कोटवाडा र वडा नम्बर ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुंगे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । 

झोलुंगे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । ०७८ को बाढीले झोलुंगे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका– १ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले बताए । झोलुंगे पुल बनाउन प्रत्येक वर्ष बजेट आएको सुन्छु,’ उनले भने, ‘पुल भत्किएको लामो समयसम्म कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवातजावतमा समस्या भएको छ ।’

झोलुंगे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवातजावतमा समस्या हुने गरेको नरहरिनाथ गाउँपालिका– ८ का प्रकाश विष्टले बताए । 

झोलुंगे पुल बनाउन स्थानीयले तीनवटै तहका सरकारसँग पटक–पटक माग गरेको भए पनि अहिलेसम्म खासै चासो नदिएका कारणले नागरिक तहबाट पहल थाल्नुपर्ने नरहरिनाथ गाउँपालिका– ९ लालुका नागरिक समाजका अगुवा किशोरकुमार रावलले बताए । पुल नहुँदा फलेकको साँघुबाट जोखिपूर्ण यात्रा गर्नुपरेको उनले बताए । 
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरसविरुद्धको खोप ल्याइयो

काठमाडौं । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आ...

आगामी साउन २३ गतेदेखि एसईई मौका परीक्षा हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ ।  आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ ...

आकस्मिक हडतालपछि क्यानडामा चार सयभन्दा बढी उडान रद्द

एजेन्सी । मेकानिक्स युनियनको आकस्मिक हडतालपछि क्यानडाको एयरलाइन वेस्टजेटले चार सयभन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पन...

पाकिस्तान र इरानबाट तेह्र हजारभन्दा बढी अफगानी आप्रवासी फिर्ता

एजेन्सी । इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ । तालिबान नेतृत्वको मन्त्रालय...

अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध

एजेन्सी । उत्तर कोरियाले आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई ‘नेटोको एसियाली संस्करण’ भएको निन्दा गर्दै यसको...

नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ जना घाइते

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।  घटनामा १८ जनाको ...

स्थानीय पेय पदार्थको ब्राण्डिङ सम्भाव्यता अध्ययन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ ।  नेवा: समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजि...

दाङमा आगजनी गरेको अभियोगमा पक्राउ

दाङ । दाङको बङलाचुली गाउँपालिका-५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरी...

डेंगुविरुद्ध जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न स्वास्थ्य मन्त्री यादवको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले डेंगु लगायत सङ्क्रामक रोगविरुद्ध जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न निर्देशन दिएका छन् । आ...

यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी नगरे हुन्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार काठमाडौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy