Ntc summer Offer
Khabar Dabali १८ असार २०८१ सोमबार | 1st July, 2024 Mon
NIMB

एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा थापा फरार थिए ।

उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरीको खोजी सूचीमा रहेका उनी फरार रहँदै आएका थिए । 
उसो त भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहले तत्कालीन गृहमन्त्रीसमेत रहेका बादल पत्नी नैनाकला थापालाई रकम बुझाएको जिकिर गरेका थिए । ठगी धन्दामा संलग्न मुख्य योजनाकार मध्येका केशवप्रसाद दुलालले नैनाकलालाई पुल्चोकस्थित मन्त्रीक्वार्टरमा पुगेर रकम बुझाएको बयान दिएका थिए । 

सानु भण्डारीले क्वार्टरमा लगेर नैनाकलालाई रकम बुझाएको कुरा नक्सालस्थित निलगिरी थकाली भान्सा घरबाट छोरा प्रतीक थापाले फोन गरेर ‘भेरिफाई’ गरेको दुलालले बताएका थिए । उनका अनुसार थकालीबाट नैनाकला थापालाई प्रतीक थापा मगरले फोन गरेर सोधेका थिए– ‘आमा १ करोड रुपैयाँ पाउनुभयो कि भएन ?’

नैनाकलाले पैसा ‘रिसिभ’ गरेको जानकारी दिएपछि प्रतीकले गिरोहका सदस्यहरूलाई भनेका थिए– ‘मेरी आमाले सानु भण्डारीसँगबाट रकम लिनुभयो ।’ शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका थिए ।

प्रहरीले एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाडसहित भीआईपीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । सो प्रकरणमा रायमाझी अहिले पनि पुर्पक्षका लागि जेलमै छन् भने खाँण रिहा भएका छन् । यस्तै निलम्बित सचिव टेकनारायण पाण्डेलगायत थुनामा हुँदा अन्य केही भने धरौटीमा रिहा भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरसविरुद्धको खोप ल्याइयो

काठमाडौं । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आ...

आगामी साउन २३ गतेदेखि एसईई मौका परीक्षा हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ ।  आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ ...

आकस्मिक हडतालपछि क्यानडामा चार सयभन्दा बढी उडान रद्द

एजेन्सी । मेकानिक्स युनियनको आकस्मिक हडतालपछि क्यानडाको एयरलाइन वेस्टजेटले चार सयभन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पन...

पाकिस्तान र इरानबाट तेह्र हजारभन्दा बढी अफगानी आप्रवासी फिर्ता

एजेन्सी । इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ । तालिबान नेतृत्वको मन्त्रालय...

अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध

एजेन्सी । उत्तर कोरियाले आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई ‘नेटोको एसियाली संस्करण’ भएको निन्दा गर्दै यसको...

नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ जना घाइते

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।  घटनामा १८ जनाको ...

स्थानीय पेय पदार्थको ब्राण्डिङ सम्भाव्यता अध्ययन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ ।  नेवा: समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजि...

दाङमा आगजनी गरेको अभियोगमा पक्राउ

दाङ । दाङको बङलाचुली गाउँपालिका-५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरी...

डेंगुविरुद्ध जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न स्वास्थ्य मन्त्री यादवको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले डेंगु लगायत सङ्क्रामक रोगविरुद्ध जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न निर्देशन दिएका छन् । आ...

यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी नगरे हुन्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार काठमाडौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy