Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

विदेशमा रहेका नेपालीको नोट मात्र होइन, भोट पनि चल्नुपर्छ: नेता महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विदेशमा रहेका नेपालीले पठाएको नोट मात्र नभएर उनीहरूलाई मतदानको अधिकार पनि दिइनुपर्ने बताएका छन् । कतारको राजधानी दोहामा नेपाली जनसम्पर्क समितिको १७औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले विदेशमा रहेका नेपालीले पनि मताधिकारको सदुपयोग गर्न पाउनुपर्ने बताएका हुन् ।

'विदेशमा रहेका नेपालीहरूले पठाइरहेको रेमिट्यान्सले देश चलिरहेको छ । अत: तपाईंहरूलाई राज्यले सम्मान गर्न सक्नुपर्छ। मुलुकको आर्थिक समृद्धि र थुप्रै परिवर्तनमा तपाईंहरूको पनि ठूलो भूमिका छ । तपाईंहरूलाई मताधिकार गर्न राज्यलाई दबाब दिन तयार छु । म तपाईंहरूकै साथमा छु,' उनले भने ।

सरकारले विभिन्न मुलुकसँगको श्रम सम्झौतालाई पनि प्रभावकारी बनाउनुपर्ने उनले बताए । 'विदेशमा रहेका नेपाली श्रमिकको सुख-सुविधा, सामाजिक सुरक्षालगायत विषयमा सरकारले श्रम सम्झौताको नीति अवलम्बन गर्नुपर्छ,' उनले भने । नेपालमा रेमिट्यान्सको सही सदुपयोग हुन नसकेको र विदेशमा रहेर पैसा पठाउने नेपालीको सरकारले उचित सम्मान गर्न नसकेको उनले औंल्याए । वैदेशिक रोजगारीमा गएका आफन्तको शिक्षा र स्वास्थ्यमा पनि सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

'अहिले विश्व साँघुरो घर जस्तो भइसक्यो । नवउदारवादको अवस्थामा हामी आप्रवासनलाई रोक्न सक्दैनौं । मान्छेमा राम्रो सुविधा र सहुलियत प्राप्तिको आकांक्षा हुन्छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य प्राप्तिको अभिलासा हुन्छ । असीमित आकांक्षा पूर्तिका लागि मानिस एक देशबाट अर्को देशसम्म पुग्नुलाई नराम्रो मान्न सकिन्न । तर, नेपालका नागरिक एसियालगायत मुलुकमा जीविकोपार्जनकै लागि पुग्ने गरेका छन् । यो दुखद कुरा हो । यस विषयमा राज्य गम्भीर हुनुपर्छ,' नेता महरले भने ।

नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने सके ठूलो जनशक्ति स्वदेशमै रोक्न सकिने उनले बताए । युवा पौरख स्वदेशमै खर्चिए मात्र मुलुक निर्माण हुने महरको धारणा छ । 'उमेर हुँदा विदेशमा पसिना बगाउने र असक्त हुँदा स्वदेश फर्किएर देश निर्माण गर्न सकिँदैन । त्यसैले राज्यले युवालाई विदेश पठाएर रेमिट्यान्समा रमाउने होइन, स्वेदेशमै श्रम र सिपको सदुपयोग गरेर युवाबाट उत्पादित वस्तु विदेश निर्यात गरेर डलर कमाउनुपर्छ,' महरले भने ।

कतारसँग २००५ मा श्रम सम्झौता भएको स्मरण गर्दै महरले अहिले यहाँ पनि ठूलो जनशक्ति कार्यरत रहेको बताए । सरकारले विदेशी लगानी नेपालमा अपेक्षित रुपमा भित्र्याउन नसकिरहेको बताउँदै महरले विदेशमा रहेका नेपाली नागरिक पनि अवैतनिक राजदूत हुने हुँदा नेपालमा लगानी भित्र्याउन सबैले सक्रिय भूमिका वहन गर्नुपर्नेमा जोड दिए ।

विदेशमा रहेका नेपाली र असल भाव भएका नेता एकजुट भएर काम गरेमा समृद्ध नेपाल निर्माण गर्न धेरै समय नलाग्ने महरको भनाइ छ । 'राणा र राजाले धिलथिलो पारेको मुलुक अहिले समृद्धिमा निकै अगाडि बढेको छ । तर, अपेक्षित रूपमा काम हुन सकेको छैन । सबै नेता, पत्रकार, सामाजिक अभियन्ता, कर्मचारी भ्रष्ट छैनन् । हामीले असल मान्छेलाई चिन्न सक्नुपर्छ । त्यसैले स्वदेश र विदेशमा भएका नेपाली एकजुट भएर समृद्धिको यात्रामा अगाडि बढ्यौं भने धेरै गाह्रो छैन,' उनले भने ।

बिपीले 'मेरो जस्तै आर्थिक अवस्था भएको परिवार १५ वर्षभित्र बनाउन चाहन्छु' भनेको स्मरण गर्दै महरले इमानदार भएर नेताहरूले काम गरे बिपीको सपना पूरा हुन पाँच वर्ष मात्रै लाग्ने बताए । यसका लागि सबै राजनीतिक दल र नेताहरू सच्चिन आवश्यक रहेको उनको धारणा छ ।

फरक प्रसंगमा नेता महरले हामी नष्ट हुन्छौं तर भ्रष्ट हुँदैनौं भन्दै राजनीतिमा आएका नयाँ राजनीतिक दलको अवस्था कन्तिविजोगपूर्ण रहेको बताए । उनीहरू आउँदा नै भ्रष्ट बनेर आएको र छोटो समयमै नष्ट हुने बाटोमा रहेको महरको टिप्पणी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending