Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

चितवनको बछौलीमा विशेष कार्यक्रम गरेर राष्ट्रिय धान दिवस मनाइँदै

खबरडबली संवाददाता

काठमाडौं ।  आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नारा तय गरिएको छ ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवम् उपलव्ध प्रविधिको प्रचार प्रसार गरी किसानमाझ पुर्‍याउने उदेश्य छ । यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ ।

सरकारले धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा विशेष कार्यक्रम नै गर्दैछ । विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सहभागी हुने छन्  ।

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद् नार्कले ललितपुरको खुमलटारमा र राष्ट्रिय किसान आयोगले काभ्रेमा कार्यक्रमको आयोजना गरेको छ । धान उत्पादन हुने जिल्लामा पनि विभिन्न कार्यक्रम गरिँदैछ ।

धान रोपाइँसँगै आज दही च्यूरा पनि खाने गरिन्छ । प्रमुख खाद्यान्न बाली धानलाई खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । नेपालमा धानको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व छ । यो वर्ष भन्डै १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारी अनुमान छ । धानको उत्पादन बढाउन किसानलाई मनसुनले साथ दिनुपर्छ ।

त्यस्तै आवश्यक रासायनिक मल र प्रविधि पनि सहजरुपमा पाउनुपर्छ । तर सरकारले मलको अभाव नरहेको बताए पनि किसानले पर्याप्त रूपमा पाउन नसकेको गुनासो गरेका छन् । सीमा क्षेत्रका कतिपय किसानले भारतबाट मल किनेर धानको रोपाइँ गर्दैछन् । भारतबाट मल भित्र्याउन सहज भने छैन । एकातिर सीमा सुरक्षा बलले रोक्ने अर्कोतिर महङ्गो तिर्नुपर्ने बाध्यता छ । बर्सेनि मुख्यबाली धानसहित अरू खेतीका लागि झन्डै छ लाख मेट्रिक टन मल आवश्यक पर्छ ।

धानबालीका लागि झन्डै दुई लाख ५० हजार मेट्रिक टन आवश्यक पर्ने अनुमान छ । सरकारी अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले खरिद–बिक्री गर्दै आएका छन् । सरकारले अनुदानको मलकै लागि चालू आर्थिक वर्षमा झन्डै ३० अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

धानबालीको मुख्य सिजन अहिलेका लागि चाहिने आवश्यक मल पुग्दो नै रहेको तर वितरणमा केहि समस्या भए पनि त्यसलाई सहज बनाउने प्रयास भइरहेको कृषि मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले बताएका छन्  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका

मनाङ ।  जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ। त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन्। पर्यावरण संरक्षणका लागि...

टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै महताे

बरहथवा । सर्लाही जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक रु। एक लाखबढी आम्दानी गर्दै आइरहेका छन्। दुई महिन...

नेविसंघ अखिल क्रान्तिकारीसँग हातेमालो गर्न तयार छः अध्यक्ष शेर्पा

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल(क्रान्तिकारी)सँग हातेमाले गर्न तयार रहेको बताएका छन् ।...

माओवादीले सुदूरपश्चिममा 'तीनमहिने संगठन विस्तार' कार्यक्रम गर्ने

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।  यही अ...

तस्बिरमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । पूर्वप्र...

निखिल उप्रेतीले गरे हेयर ट्रान्सप्लान्ट

काठमाडौं । अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् । दरबारमार्गमा अवस्थीत आवरण स्कीन एण्ड हेयर क्लिनिकमा सर्जन डा.रुपक घिमिरेले निखिलको ...

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो । आज ३२२ कम्पनिको कारोबार हुदा एक करो...

महानगरले डेंगुको लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने

काठमाडौँ । डेंगु रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । महानगरले व्यक्ति...

एकीकृत समाजवादीमा विवाद, नेताको कार्यविभाजनमा जुटेन सहमति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । पार्टी केन्द्...

विद्यालय जाँदै गरेका चार बालबालिका अरिंगालले टोकेर घाइते

लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् ।  आज बिहान विद्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy