काठमाडौं। जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्दै गएकाले काम गर्ने युवाको अभाव छ । यी देशहरूले युवाहरूलाई सन्तान जन्माउन विभिन्न प्रकारका सुविधा दिइरहेका छन्। पैसा पनि बाँडिएको छ तर जन्मदर बढाउन निकै मुश्किल भइरहेको छ ।
यसैबिच, रुसको एक प्रान्तले आफ्ना नागरिकलाई अनौठो अफर दिएको छ । पश्चिमी रुसको निजनी नोभगोरोड ओब्लास्ट प्रान्तले युवाहरुलाई ४–४ सन्तान जन्माउन अपिल गरेको छ । स्थानिय सरकारले प्रत्येक बालबालिकालाई १० लाख रुबल दिने बताएको छ । रुसको निज्नी नोभगोरोड ओब्लास्ट प्रान्तका गभर्नर ग्लेब निकितिनले यो प्रस्तावको घोषणा गरेका हुन, ‘४–४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा बोकेर जानुहोस्’ उनले भनेका छन । जुन युद्ध अध्ययन संस्थानको प्रतिवेदनमा प्रकाशित भएको छ।
रुसमा जन्मदर पनि निकै कम छ । हाल यहाँ जन्मदर प्रति महिला १.५ बच्चा छ तर यो निकै कम भएको सरकारको विश्वास छ । अहिलेको जनसङ्ख्यालाई कायम राख्ने हो भने प्रति महिला जन्मदर २.१ अनुपातमा बच्चाको जन्म हुनुपर्छ । सरकारले यसलाई कायम राख्न विभिन्न प्रोत्साहन दिएको छ । रुस दुई वर्षदेखि युक्रेनसँगको युद्धमा फसेको छ । त्यहाँ युद्धमा धेरै जवान सैनिक मारिएका छन्। गोलाबारुदका कारण अरु धेरैको हताहत पनि भएको छ ।
यस कारण, रूसको जनसंख्या द्रुत रूपमा घटेको छ। प्रतिवेदनका अनुसार सेप्टेम्बर २०२४ मा रुसको जनसङ्ख्या पछिल्लो २५ वर्षमा सबैभन्दा न्यून स्तरमा पुगेको छ। यो तथ्यांकबाट रूसी सरकार थप तनावमा परेको छ । रुस जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यसलाई सैन्य बलको नितान्त आवश्यकता छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जनसांख्यिकीय गिरावटलाई ठूलो चुनौतीको रूपमा वर्णन गरेका छन्। त्यसैले सरकारले अफर दिन थालेको छ । समाचार अनुसार पहिलो र दोस्रो बालबालिकाको लागि पैसा केन्द्र सरकारले नै दिनेछ। तेस्रो र चौथो बालबालिकालाई प्रदेश सरकारले पैसा दिनेछ । सबैभन्दा ठूलो कुरा यो हो कि यसका लागि कुनै शर्त राखिएको छैन। यो अफर १८ देखि २३ वर्ष उमेरका केटीहरूका लागि मात्र उपलब्ध गराइएको छ।
यसै अन्तर्गत रुसको राजधानी मस्कोमा पनि कार्यक्रम आयोजना गरिएको थियो । रुसी स्वास्थ्यमन्त्री येभगेनी शेस्टोपालोभले पहिले नै मानिसहरूलाई बढी बच्चा जन्माउन सल्लाह दिइसकेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १७:१६
विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...
श्रावण २९ गते, २०८३ - १६:५७
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...
श्रावण २९ गते, २०८३ - १६:४९
कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...
श्रावण २९ गते, २०८३ - १६:४३
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...
श्रावण २९ गते, २०८३ - १६:१०
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...
श्रावण २९ गते, २०८३ - १५:५७
काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...
श्रावण २९ गते, २०८३ - १५:१८
कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...
श्रावण २९ गते, २०८३ - १५:०२
कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन
श्रावण २९ गते, २०८३ - १४:४८
काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...
श्रावण २९ गते, २०८३ - १४:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...



प्रतिकृया लेख्नुहोस्: