Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

जमिन बाँझो राखी श्रम गर्न विदेश जाने प्रवृत्ति अन्त्य गर्नुपर्छः राष्ट्रपति पौडेल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेशामा आकर्षण बढाएर युवा जनशक्ति स्वदेशमै रोक्नुपर्ने बताएका छन् । २१ औँ राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी उनले जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।  

कृषि क्षेत्रमा जनशक्तिको अभाव बढ्दै जानु दुःखद रहेको भन्दै  उनले धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बिउ र दक्ष जनशक्ति तयार गर्न तथा उत्पादन वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न  हुने  गरी ध्यान दिनुपर्ने बताएका छन् ।

‘कृषिप्रधान मुलुक भएकाले अधिकांश जनता कृषिमै निर्भर रहेको र प्रमुख खाद्यान्न बाली धान रहेकाले धान खेती आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक रूपले समेत महत्त्वपूर्ण छ’, उनले भनेका छन् । राष्ट्रपति पौडेलले खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रूपमा लिई खाने बानीमा समेत परिवर्तन गरी अन्य बालीलाई समेत प्रवर्धन गर्नुपर्ने तर्क गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका

मनाङ ।  जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ। त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन्। पर्यावरण संरक्षणका लागि...

टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै महताे

बरहथवा । सर्लाही जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक रु। एक लाखबढी आम्दानी गर्दै आइरहेका छन्। दुई महिन...

नेविसंघ अखिल क्रान्तिकारीसँग हातेमालो गर्न तयार छः अध्यक्ष शेर्पा

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल(क्रान्तिकारी)सँग हातेमाले गर्न तयार रहेको बताएका छन् ।...

माओवादीले सुदूरपश्चिममा 'तीनमहिने संगठन विस्तार' कार्यक्रम गर्ने

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।  यही अ...

तस्बिरमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । पूर्वप्र...

निखिल उप्रेतीले गरे हेयर ट्रान्सप्लान्ट

काठमाडौं । अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् । दरबारमार्गमा अवस्थीत आवरण स्कीन एण्ड हेयर क्लिनिकमा सर्जन डा.रुपक घिमिरेले निखिलको ...

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो । आज ३२२ कम्पनिको कारोबार हुदा एक करो...

महानगरले डेंगुको लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने

काठमाडौँ । डेंगु रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । महानगरले व्यक्ति...

एकीकृत समाजवादीमा विवाद, नेताको कार्यविभाजनमा जुटेन सहमति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । पार्टी केन्द्...

विद्यालय जाँदै गरेका चार बालबालिका अरिंगालले टोकेर घाइते

लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् ।  आज बिहान विद्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy