Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

ताप्लेजुङमा २९ प्रतिशत रोपाइँ सकियो

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा हालसम्म उनन्तीस प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि यसवर्ष हालसम्म असार १५ सम्म २९ प्रतिशत मात्र रोपाइँ सकिएको हो ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षको तुलनामा यसवर्ष आठ प्रतिशत कम रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गतवर्ष असार १५ सम्ममा ३७ प्रतिशत रोपाइँ भएको थियो । ढिलोगरी वर्षा भएका कारण कम रोपाइँ भएको बताइएको छ ।

हालसम्म जिल्लाको उच्च अर्थात् लेक क्षेत्रमा रोपाइँ भएको छ । लेकाली भेगमा असार पहिलो साता सम्ममा रोपाइँ सकिनुपर्नेमा यो वर्ष समयमा वर्षा नभएकाले धान रोपाइँ नभएको स्थानीय किसानले बताएका छन् । हिजोआज तल्लो भेग अर्थात् बेँसी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । असार महिनाको सुरुदेखि नै वर्षा भएकाले अहिले रोपाइँ गर्नलाई सहज भएको पनि किसानको भनाइ छ ।

यता शनिबार राष्ट्रिय धान दिवसका दिन फुङ्लिङ नगरपालिकासहित विभिन्न स्थानीय तहमा रोपाइँ गरिएको छ । फुङ्लिङ नगरपालिका–३ क्यानिम टोलमा सामूहिक धान रोपाइँ गरेर दिवस मनाइएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापामगरले जानकारी दिए । उनकाअनुसार राष्ट्रिय कृषक समूह महासङ्घको आयोजना र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ ।

यस जिल्लाका बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरिएको किसान बताउँछन् । उन्नत जातको धानबालीतर्फ पनि किसान आकर्षित हुँदै गएको पाइएको छ । यहाँ सुख्खा–१, खुमल–४ जस्ता  केही उन्नत जातको धानखेती किसानले लगाउँदै आएका बताइएको छ । ताप्लेजुङमा करिब आठ हजार ३३७ हेक्टर क्षेत्रफल बराबरमा धान रोपाइँ हुने गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending