काठमाडाैं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आगामी नेतृत्व सहमतिमै टुंग्याउने प्रयास गरिने बताएका छन् । दसौँ राष्ट्रिय महाधिवेशनबारे जानकारी गराउन शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पार्टी नेतृत्व सहमतिमै टुंगियोस् भन्ने कार्यकर्ताको चाहना रहेकाले त्यसैको प्रयास गरिने बताएका हुन् ।
पार्टीका दस्ताबेजहरू पनि सहमतिमै टुंगिएकाले नेतृत्व पनि सहमतिमै टुंगिने नेपालको विश्वास छ । ‘केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल गर्यौँ । राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठनात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रूपमा चारवटै दस्ताबेज पारित पनि भएका छन्,’ उनले भने, ‘सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्ताको उत्साहको लहर चलेको छ । अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुंगो लगाइयोस् भन्ने चाहना हामीले सुनिरहेका छौँ ।’
दसौँ महाधिवशन कम्युनिस्ट आन्दोलनमा कोशेढुंगा बन्ने विश्वास व्यक्त गर्दै उनले महाधिवेशनबाट नेपाली विशेषतामा आधारित समाजवाद कस्तो हुने भन्ने टुंगो लगाइने बताए ।
‘सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन’, उनले भने । एकीकृत समाजवादीले हालै सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थपेर पदाधिकारी संख्या थप गरेर २१ बनाएको छ । अध्यक्ष नेपालले महाधिवेशन नजिकिएपछि नेताहरुले गरेको भेटघाट र छलफललाई सामान्य रुपमा लिनुपर्ने बताए ।
‘कोही रेष्टुरामा जान्छन्, कोही होटलमा जान्छन् । छलफल गर्छन्, चिया खान्छन् । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामी कहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटलका होटलहरु पनि भरिएका होला’, उनले भने ।
भेटघाट र छलफल भए पनि गुटबन्दी हुन नहुने अध्यक्ष नेपालले बताए । गुटबन्दीकै कारण कम्युनिस्ट पार्टीले धेरै ठूलो धक्का खाएको भन्दै उनले भने, ‘हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरु त्यही दिशामा अघि बढिरहनुभएको छ ।’
महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: