काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
गत बुधबारको मन्त्रिपरिषद्ले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम ९सञ्चालन र नियमन० नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुन: जानकारी गराइएको बताए।
मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरोकार भएका सबैसँग आग्रह गरेको छ ।
उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त नियमावली लागू गरिएको हो । यसअन्तर्गत मुलुकमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमका लागि नयाँ मापदण्ड लागू हुने उक्त मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १३:२४
काठमाडौँ । पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको शव बुझ्न उनका परिवारले अस्वीकार गरेका छन्। गणेशका भतिज मन ने...
आषाढ़ २६ गते, २०८३ - १३:०४
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमा...
आषाढ़ २६ गते, २०८३ - १२:४७
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथ...
आषाढ़ २६ गते, २०८३ - १२:३२
वासिङ्टन। इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अम...
आषाढ़ २६ गते, २०८३ - १२:२१
पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचानका लागि गठित समितिले आफ्नो अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज...
आषाढ़ २६ गते, २०८३ - १२:०७
काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेप...
आषाढ़ २६ गते, २०८३ - ११:५४
काठमाडौं । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। ...
आषाढ़ २६ गते, २०८३ - ११:५०
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच...
आषाढ़ २६ गते, २०८३ - ११:४२
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ। नागरिक आन्दो...
आषाढ़ २६ गते, २०८३ - ११:१६
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्...



प्रतिकृया लेख्नुहोस्: