Ntc summer Offer
Khabar Dabali २० असार २०८१ बुधबार | 3rd July, 2024 Wed
NIMB

सैपाल हिमालको काखमा नेपाल टेलिकमकोे भीस्याट प्रविधिको सेवा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट (VSAT - Very Small Aperture Terminal) प्रविधिबाट सेवा सञ्चालन गरेको हो । 

बाजुरा सदरमुकाम मार्तडी देखि गाडीमा एक दिनर त्यसपछिकरिव चार दिन हिडेर तथाहुम्ला सदरमुकाम सिमकोट देखि गाडीमा तीन, चार घण्टा र एकदिन पैदल हिडेर मात्र यो स्थानमापुग्न सकिने स्थानीय वासिन्दा सोनाम लामाले बताए । यो भन्दापहिले करिव २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाईको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था रहेको उनले बताए । उनका अनुसार अबभने त्यहाँका करिव ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने भएका छन् । 

सैपालहिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । त्यहाँ ६ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिव ३ हजार ६ सय मिटरको उचाईमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित हुने टेलीकमले जनाएको छ । 

भीस्याट सेवा सञ्चालनकालागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमाना देखि करिव चार दिन सम्म मानिसले बोकेर रानीसैन पु¥याएका नेपाल टेलीकमले जनाएको छ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवाविस्तार गरेको नेपाल टेलीकमका प्रवक्ता हरि ढकालले बताए ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथांका लगायतका स्थानमा भीस्याट मार्फत सेवा सञ्चालन गरिएको प्रवक्ता ढकालले जानकाी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुधबार सुनचाँदीको मुल्य वृद्धि

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ ।  ...

काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा जमिन भासिँदा मध्य सडकमा ठूलो खाल्डो बनेको छ । सडक भासिँदा बीच सडकमा इनार जस्तो खाल्डो बनेको हो । बिहान साढे ५ ब...

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए कसरी बन्छ नयाँ सरकार ?

काठमाडौँ । संसदका दुई ठुला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेपछि अब राजनीतिले नयाँ मोड लिएको छ । कांग्रेस- एमालेबीचको सहमति अनुसार अब एमाले अध्यक्ष के...

मुखमा कालो टेप लगाएर बैठकमा छुः रास्वपा महामन्त्री ढकाल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।...

मकैबालीमा फौजी कीरा लाग्दा धादिङको खनियाबासका किसान चिन्तित

धादिङ ।  धादिङको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्‍याएको छ। घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्‍याएपछि ...

एमाले सचिवालय बैठकले के गर्यो निर्णय

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले काँग्रेस–एमालेबीच केपी शर्मा ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई  समर्थन गर्ने निर्णय गरे...

नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा दुई भारतीय पक्राउ

नवलपरासी पश्चिम  । नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पकाउ पर्नेमा मुम्बईका २४ वर्षीय निर्सग रविन्...

एमालेले लगायो प्रचण्डले कांग्रेससँग मिलेर वैकल्पिक सरकार बनाउन खोजेको आरोप

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेको आरोप लगाएको छ। एमालेको सचिवालय बैठकपछि नि...

मध्यरातदेखि लागूहुनेगरी बढ्यो नुनको मूल्य

काठमाडौं । साल्ट ट्रेडिङले मंगलबार मध्यरातदखि दागू हुनेगरी नुनको मूल्य बढाएको छ ।  मंगलबार बसेको सञ्चालक समितिको बैठकले नुनको मूल्य प्रतिकेजी ४ रुपैया...

देउवा भेट्न बुढानिलकण्ठ पुगे माधव नेपाल

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । देउवा निवास  बूढानीलकण्ठमा उनीहरुबीच  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy