काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । करिब चार घण्टा लामो वान टु वानपछि ओली केहीबेरअघि बालुवाटारबाट बाहिरिएका हुन्।
दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीकी स्वकीय गंगा दाहालले जनाएकी छन् ।
शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित भएकाे छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका छन् ।
कांग्रेसको प्रस्तावमा ओली सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार देखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठक निष्कर्षउन्मुख रहेको स्रोतले दाबी गर्यो ।
कांग्रेसको यो प्रस्तावपछि आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ ।
कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - ०७:३१
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...
जेष्ठ २ गते, २०८३ - ०७:२५
काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...
जेष्ठ २ गते, २०८३ - ०७:१८
काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...
जेष्ठ २ गते, २०८३ - ०७:०४
बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...
जेष्ठ २ गते, २०८३ - ०७:०१
सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...
जेष्ठ २ गते, २०८३ - ०६:५८
भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...
जेष्ठ २ गते, २०८३ - ०६:५३
काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...
जेष्ठ २ गते, २०८३ - ०६:४९
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...
जेष्ठ २ गते, २०८३ - ०६:४६
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...
जेष्ठ २ गते, २०८३ - ०६:४२
काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...



प्रतिकृया लेख्नुहोस्: