Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बेचन झा पक्राउ परेपछि कांग्रेसको हेडक्वाटर तानिने निश्चित भएपछि एमालेसँग मिल्यो : लेखनाथ न्यौपाने

'ओलीले नेकपाकालको बदला लिएका हुन्, ०४७ कै संविधानमा फर्काउन चाहन्छन्'

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि कांग्रेस आत्तिएर एमालेसँग मिलेको दाबी गरेका छन्।

झा पक्राउ परेपछि ग्रेसको हेडक्वाटर पनि  तानिने निश्चित जस्तै रहेको उनको भनाइ छ। 

उनले भनेका छन्, 'कांग्रेस सरकार बाहिर थियो, उ जसरी पनि सरकारमा जान चाहन्थ्यो र एमालेसँग मिलेर हामीलाई प्रचण्डले धोका दियो भन्ने मात्र होइन बेचन झा गिरफ्तारी सँगै कांग्रेसको हेडक्वाटर पनि  तानिने निश्चित जस्तै थियो । त्यसकारण उसलाई प्रचण्ड नेतृत्व सरकार भत्काउनु थियो ।' 

योे प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणाको नाम जोडिएको छ। 
यस्तै, उनले एमालेलाई कांग्रेससँग काँध मिलाउनुको पनि तीन कारण दिएका छन्। ओलीले कांग्रेससँग मिलेर प्रचण्डसँग नेकपाकालको बदला लिएको जिकिर गरे। 

त्यसबारे उनको भनाइ

एमालेलाई कांग्रेससँगकाे गठबन्धन किन चाहिएकाे हाे ?

कांग्रेस सरकार बाहिर थियाे, उ जसरी पनि सरकारमा जान चाहन्थ्याे र एमालेसँग मिलेर हामीलाई प्रचण्डले धाेका दियाे भन्ने मात्र हाेइन बेचन झा गिरफ्तारी सँगै कांग्रेसकाे हेडक्वाटर पनि  तानिने निश्चित जस्तै थियाे । त्यसकारण उसलाई प्रचण्ड नेतृत्व सरकार भत्काउनु थियाे । 

तर एमालेलाई ?

एमालेकै पहलमा बनेकाे पछिल्लो गठबन्धन र यसैमार्फत ओली प्रधानमन्त्री बन्न सक्थे सम्भावना समेत थियाे, अब त उनलाई प्रम बनाउने कांग्रेसकाे ललिपप प्रचण्डले संसदकाे सामना गर्ने भन्ने प्रक्रियाले चाख्न नपाउने बनाइदियाे । किनकि संविधानकाे धारा ७६, २ अनुसार बनेकाे सरकारले विश्वासको मत लिन नसक्दा स्वत् प्रक्रिया ७६, ३ मा प्रवेश गर्छ, जुन ओली प्रतिकुल बन्छ ।

एमालेले यसाे गर्नाका कारण 

पहिलाे, नेकपा कालकाे बदला लिने पर्खाईमा थिए ओली । यसकाे पहिलाे प्रक्रिया माओवादी-कांग्रेस गठबन्धन टुटाउने र त्यसपछि  उपयुक्त समयमा प्रचण्डलाई उत्तानाे पार्ने थियाे, यही गर्न खाेजे । 

दाेस्राे, भ्रष्टाचारका फाइलहरुका कारण उस्तै उस्तै मिलेर  खुलेका फाइलहरु राेक्ने सहमतिले काम गरेकाे हुन् सक्छ/ देखिन्छ ।

तेस्राे, कांग्रेस-एमालेलाई ०७२ काे भन्दा ०४७ सालकाे संविधान बढी मन परेकाे पक्का हाे । संविधान संशोधनको नाममा संविधानसभाले बनाएकाे संविधानलाई अन्तरवस्तुका हिसाबले ०४७ कै संविधानमा फर्काउने पश्चगामी मानिसकताले काम गरेकाे हुनसक्छ/ देखिन्छ । 
#नत्र किन आवश्यक भयाे कांग्रेससँगकाे गठबन्धन ?

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending