Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

बेचन झा पक्राउ परेपछि कांग्रेसको हेडक्वाटर तानिने निश्चित भएपछि एमालेसँग मिल्यो : लेखनाथ न्यौपाने

'ओलीले नेकपाकालको बदला लिएका हुन्, ०४७ कै संविधानमा फर्काउन चाहन्छन्'

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि कांग्रेस आत्तिएर एमालेसँग मिलेको दाबी गरेका छन्।

झा पक्राउ परेपछि ग्रेसको हेडक्वाटर पनि  तानिने निश्चित जस्तै रहेको उनको भनाइ छ। 

उनले भनेका छन्, 'कांग्रेस सरकार बाहिर थियो, उ जसरी पनि सरकारमा जान चाहन्थ्यो र एमालेसँग मिलेर हामीलाई प्रचण्डले धोका दियो भन्ने मात्र होइन बेचन झा गिरफ्तारी सँगै कांग्रेसको हेडक्वाटर पनि  तानिने निश्चित जस्तै थियो । त्यसकारण उसलाई प्रचण्ड नेतृत्व सरकार भत्काउनु थियो ।' 

योे प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणाको नाम जोडिएको छ। 
यस्तै, उनले एमालेलाई कांग्रेससँग काँध मिलाउनुको पनि तीन कारण दिएका छन्। ओलीले कांग्रेससँग मिलेर प्रचण्डसँग नेकपाकालको बदला लिएको जिकिर गरे। 

त्यसबारे उनको भनाइ

एमालेलाई कांग्रेससँगकाे गठबन्धन किन चाहिएकाे हाे ?

कांग्रेस सरकार बाहिर थियाे, उ जसरी पनि सरकारमा जान चाहन्थ्याे र एमालेसँग मिलेर हामीलाई प्रचण्डले धाेका दियाे भन्ने मात्र हाेइन बेचन झा गिरफ्तारी सँगै कांग्रेसकाे हेडक्वाटर पनि  तानिने निश्चित जस्तै थियाे । त्यसकारण उसलाई प्रचण्ड नेतृत्व सरकार भत्काउनु थियाे । 

तर एमालेलाई ?

एमालेकै पहलमा बनेकाे पछिल्लो गठबन्धन र यसैमार्फत ओली प्रधानमन्त्री बन्न सक्थे सम्भावना समेत थियाे, अब त उनलाई प्रम बनाउने कांग्रेसकाे ललिपप प्रचण्डले संसदकाे सामना गर्ने भन्ने प्रक्रियाले चाख्न नपाउने बनाइदियाे । किनकि संविधानकाे धारा ७६, २ अनुसार बनेकाे सरकारले विश्वासको मत लिन नसक्दा स्वत् प्रक्रिया ७६, ३ मा प्रवेश गर्छ, जुन ओली प्रतिकुल बन्छ ।

एमालेले यसाे गर्नाका कारण 

पहिलाे, नेकपा कालकाे बदला लिने पर्खाईमा थिए ओली । यसकाे पहिलाे प्रक्रिया माओवादी-कांग्रेस गठबन्धन टुटाउने र त्यसपछि  उपयुक्त समयमा प्रचण्डलाई उत्तानाे पार्ने थियाे, यही गर्न खाेजे । 

दाेस्राे, भ्रष्टाचारका फाइलहरुका कारण उस्तै उस्तै मिलेर  खुलेका फाइलहरु राेक्ने सहमतिले काम गरेकाे हुन् सक्छ/ देखिन्छ ।

तेस्राे, कांग्रेस-एमालेलाई ०७२ काे भन्दा ०४७ सालकाे संविधान बढी मन परेकाे पक्का हाे । संविधान संशोधनको नाममा संविधानसभाले बनाएकाे संविधानलाई अन्तरवस्तुका हिसाबले ०४७ कै संविधानमा फर्काउने पश्चगामी मानिसकताले काम गरेकाे हुनसक्छ/ देखिन्छ । 
#नत्र किन आवश्यक भयाे कांग्रेससँगकाे गठबन्धन ?

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending