Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बाढी पहिरोका कहर- मनसुन सुरु भएयता ५७ जनाको मृत्यु, तीन अझै बेपत्ता

खबरडबली संवाददाता

काठमाडौं । मनसुन सुरु भएयता विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपत्बाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको हो । 

त्यसयता एक सय जना घाइते र एक हजार २३ घरपरिवार प्रभावित बन्न पुगेका छन् । २० करोड ७३ लाख बराबरको अनुमानित आर्थिक क्षति भएको छ । अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ । 

विगत २४ घण्टामा मात्र देशका विभिन्न भूभागमा २९ वटा पहिरो गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारेसम्म वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपत्को जोखिम थप उच्च बनेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसममा सुधार हुने अवस्था छैन । 

गण्डकी प्रदेशदेखि सुदूरपश्चिम भूगोलको नेपालका पहाड गत वर्ष लगातार गएका ठुलासाना भूकम्पले थिलथिलो बनेको छ । मनसुनको परिवर्तित खण्डित वर्षाले ती पहाडहरूमा पहिरो जाने उच्च खतरा रहेको पहिरोविज्ञ शिवकुमार बाँस्कोटाले बताए । 

पूर्व, मध्य र पश्चिम पहाडमा धेरै मानव बस्ती रहेकाले पहिरोले जनधनको क्षति गर्ने उच्च सम्भावना रहेको बताए । त्यसमाथि भौतिक पूर्वाधार र सडक निर्माणले थप गिजोलेकाले यो वर्षामा अझ असुरक्षित बनेको छ । 

पहिरोविद् बाँस्कोटाका अनुसार ठुलो पानी पर्ने सम्भावना देखाइएका ठाउँमा सचेतना नै पहिलो सर्त हो । पहिरोको वैज्ञानिक पूर्वानुमान गर्न नसकिए पनि केही पूर्वसङ्केत पछ्याउन सके ठुलो जनधनको क्षति कम गर्न सकिन्छ । 

घर वरपर जमिन चिरा परेको, घर ढल्किएको, ढोका झ्याल खोल्न र बन्द गर्न अप्ठ्यारो परेको, पानीका मूल सुक्ने र नयाँ मूल देखिने, खोल्साको बहाव घटबढ हुने, अनायासै नदी कटान भइरहेको देखिएमा अब पहिरो जान्छ भनेर बुझ्नुपर्ने उनले सुझाए । त्यसैले जोखिमपूर्ण क्षेत्रमा रातमा पालो बसेर कुर्ने, उज्यालो बत्ती साथमा राख्ने, आपत्कालीन अवस्थामा घर छाड्नुपर्ने अवस्था आउन सक्ने भएकाले अत्यावश्यक सामान ठिक्क पारेर राख्न पनि सुझाव दिए । 

मनसुनका कारण आइपर्ने बाढी, पहिरो, डुबानलगायतका विपत्को सामना गर्न सरकारका सबै निकाय उच्च सतर्क अवस्थामा रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending