Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह

खबरडबली संवाददाता

म्याग्दी । तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय, नदी आसपासमा दाउरा तथा बालुवा सङ्कलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । जलसतह बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा परेको छ । जलसतह बढेकाबेला नदीबाट काठलगायत वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

बाढी र पहिराले बिजुलीका खम्बामा क्षति हुँदा यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरोध भएको हो । व्यास नगरपालिका–१ र ३ जोड्ने बुल्दीखोलामा निर्माणाधीन पुलको आडमा रहेको विद्युत्को खम्बा बुल्दीखोलाले बगाउँदा अवरोध भएको थियो । उक्त बिजुलीका खम्बा मर्मतपछि विद्युत् सेवा सञ्चालन भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सातवटा बिजुलीका खम्बा ढलेपछि उक्त दुई पालिकामा विद्युत् अवरुद्ध भएको हो । “म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिकामा १५ भन्दा बढी बिजुलीका खम्बामा क्षति पुगेको छ”, उनले भने, “आज बिहानदेखि विद्युत् अवरोध भएका स्थानमा सञ्चान गर्न कर्मचारी कार्यस्थलमा खटाइसकिएको छ ।” निरन्तर पानी परिरहेकाले काम गर्न कठिनाइ भइरहेको केन्द्र प्रमुख रेग्मीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending