धनगढी । सुदूरपश्चिम प्रदेशमा चार वटा नदीले सर्तकता तह पार गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार महाकाली, दोदा, मोहना र खुटिया नदीले सतर्कताको तह पार गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाले चार नदीहरुले सतर्कताको तह पार गरेको खबर गरेपछि केन्द्रले जोखिममा रहेका समुदाय र तल्लो तटीय क्षेत्रबासीलाई सतर्क रहन आग्रह गरेको छ ।
शुक्रबारदेखि असार २४ गते सोमबारसम्म सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रमा भारी वर्षाको अनुमान रहेकाले सर्वसाधारण तथा विपतमा खटिने सबै मन्त्रालय, जिल्लास्थित विपत् व्यवस्थापन समितिहरु, स्थानीय तहहरु तथा सबै सरोकारवालालाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
यसैगरी, पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न थालेमा सतर्क रहन सम्बन्धित क्षेत्रबासीलाई आग्रह गरिएको छ । बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिमको आँकलन गरी सुरक्षाकर्मी एवम् स्थानीय तहसंगको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन केन्द्रले निर्देशन दिएको छ ।
यसैगरी, बाढीका बारेमा जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा फोन गरेर जानकारी लिन, विपत्मा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान दिन आग्रह गरिएको छ ।
सम्भावित विपत्लाई ध्यानमा राखी खोज, उद्धार, राहतका लागि तयारी अवस्थामा रहन केन्द्रले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: