कैलाली । लगातार वर्षाको कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुवानमा परेकाहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरीघाट ईलाकामा डुवानमा परेको घरपरिवारका करीव ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेश बडुवाटोलबाट खटिएको सुरक्षा फौजले असार २४ गते सुरक्षित स्थानमा सारेको हो ।
त्यसैगरी सोही जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुडा खोलामा पानीको बहाव बढी डुवानमा परेका ३ घरपरिवारलाई नं। ३५ गण कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ । त्यस्तै कञ्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका वडा नं।–११ ब्रमिनी र वडा नं।–१२ ऐरीगाउँ ईलाकामा भुजेल खोलामा पानीको बहाव बढि डुवानमा परेका २० घरपरिवारलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुर ईलाकामा कटैनी नदिमा पानीको बहाव बढ्न गई बस्तीमा पस्दा डुवानमा परेका २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारेको हो ।
डुवानमा परेकाहरुको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं। ३४ गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुर र बिओपी छोटिपलीयाको सुरक्षा फौज खटिएको थियो ।
त्यस्तै सोही जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरी गाउँमा खुटिया नदिमा पानीको बहाव बढि बस्तीमा पस्दा डुवानमा परेका ६ घरपरिवारलाई सामानसहित बिओपी फुलबारीको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।
सशस्त्र प्रहरी बल नेपालले देशभर विपद् प्रतिकार्यको लागि मनसुन अवधिभर २४सै घण्टा परिचालन हुने गरी ५ सय ४६ इकाईहरुमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति आवश्यक उपकरणसहित तयारी हालतमा राखेको छ ।
त्यस्तै मनसुन अवधिभर सशस्त्र प्रहरीका १ सय १० जना गोताखोर र विपद् उद्धार तालिम प्राप्त जनशक्तिलाई सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरुमा रहेका १ सय २० वटा मोटर बोट तथा र्याफ्ट बोटसहित सातै वटा प्रदेशका बाहिनी मुख्यालयहरु तथा उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल तथा देशभरका विपद् व्यवस्थापन बेशहरुमा तयारी हालतमा राखिएको छ ।
बाढी पहिरो तथा डुवानमा परेकाहरुलाई तत्काल उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नं। १११४ मा समेत खबर गर्न सकिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...



प्रतिकृया लेख्नुहोस्: