Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

पदोन्नति नपाएका कर्मचारी सिंहदरबारमा लुडो खेलेर समय बिताउँदै

खबरडबली संवाददाता

काठमाडौँ । असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई । तर, मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूल द्वारमा भने केही राष्ट्रसेवक दैनिक दुई घण्टा लुडो खेल्दै धर्ना दिइरहेका छन्  । उनीहरू एकै स्वरमा भन्छन्,  “विसं २०७५ मा कर्मचारी समायोजन गरिँदा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखियो, जसले हाम्रो पदोन्नति र वृत्ति विकास भएन ।”

सिंहदरबार परिसर आन्दोलन र धर्ना निषेधित क्षेत्र भए पनि  मन्त्रालयकै प्रवेशद्वारमा नौ दिनदेखि निरन्तर धर्ना र ‘घरपास–नागपास’ चलिरहेको छ । त्यहाँ धर्ना दिइरहेका कर्मचारी दैनिक दुईघण्टा यसरी नै समय कटाइरहेका छन् । कृषिप्रधान मुलुकमा असार मानो रोपेर मुरी उब्जाउन व्यस्त रहने तथा कर्मचारी वर्षभरको कामको हरहिसाब समीक्षामा खटिनुपर्ने समय हो ।

राष्ट्रिय बाली संरक्षण अधिकृत तोयानाथ जोशी भन्नहुन्छ, “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनमा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखेका कारण आठ वर्षदेखि हाम्रो बढुवालगायत वृत्ति विकास रोकिएको छ, न  पद छ, न कुर्सी नै,  हामी अहिले म्यादी प्रहरी जस्ता छौँ ।”

समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै धर्नारत कर्मचारीले दरबन्दी प्राप्तिका लागि धेरै पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिए ।

लामो समयदेखि जिम्मेवारीविहीन अस्थायी पुलमा रहन परेकामा दुखेसो पोख्दै उनीहरूले सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन नभएकामा आश्चर्य प्रकट गरे । जोशी भन्छन्, “हाम्रो माग र चासोबारे अदालतबाट परमादेश भएको दुई वर्ष  भइसक्यो, अझै कार्यान्वयन भएन । अदालतको आदेश पालना नभएपछि  मानहानिको मुद्दा पनि दायर गरिएको छ ।”

कर्मचारी समायोजन गर्ने विगतको सामान्य प्रशासनको निर्णयबाट कृषि मन्त्रालय मातहत कार्यरत शाखा अधिकृत स्तरका एक सयभन्दा बढी कर्मचारी प्रभावित भएको उनीहरू बताउँछन् । यद्यपि  बिहान १० देखि मध्याह्न १२ बजेसम्म दैनिक निरन्तर धर्नामा रहेका ती कर्मचारीको माग सम्बोधन गर्नेबारे सरकार सकारात्मक रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा उनीहरूका माग सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको कोटा बढाउन सरकार तयार छ : मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएको छन् । नेपाल रत्न तथा आभूषण सङ्...

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य...

राप्रपा महामन्त्री राणालाई गिजाको क्यान्सर

बाँके। राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा। धवलशम्शेर राणालाई क्यान्सर भएको पुष्टि भएको छ । भारतको मुम्बईमा उपचारको क...

ललितपुरको बाढी र पहिरो प्रभावित क्षेत्रमा गृहमन्त्री लेखकको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएक...

प्रधानमन्त्री उद्धार कोषलाई नेपाल बैँकको दुई करोड सहयोग

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोड रुपियाँको चेक हस्तान्तरण भएको ...

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक जारी

जनकपुर। मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो ।  दशैँको आगमनसँगै...

चम्पादेवी र सुनकोशी विपद् सङ्कटग्रस्त क्षेत्र घोषित

ओखलढुङ्गा । ओखलढुङ्गाको दुई वटा स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिकालाई सङ्कटग्रस्...

दाउन्नेको सडक दुई तर्फी खुल्यो, भासिने जोखिम भने कायमै

नवलपुर। पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।  पश्चिम नवलपरासी...

बिश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला सुरु

रौतहट। विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई ...

बजारमा सुनको मुल्य ह्वात्तै घट्यो

काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy