Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

पोखरा जोड्ने राजमार्गमा खाल्डैखाल्डा

खबरडबली संवाददाता

पाेखरा । निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नु परिरहेको छ ।

स्तरोन्नतिको चरणमा रहेका पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडक समयमै नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै मुख्य सहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ । वर्षात्का बेला चलिरहेको निर्माण कार्यले सडक अस्तव्यस्त देखिन्छ । सवारीसाधन पार्किङ गर्न उस्तै समस्या छ ।

अमरसिंहचोक, बुद्धचोकलगायत क्षेत्रमा वर्षात्को भलले सडक क्षत्विक्षत् बनाएको छ । पानी जमेका खाल्डाखुल्डीले सवारीसाधन चलाउन कठिनाइ भएको छ । सडक स्तरीय नहुँदा पैदलयात्रीलाई झन समस्या छ । सामान्य मर्मत गर्नसमेत कसैको ध्यान पुगेको देखिन्न । सडककै कारण सवारीसाधन जाममा पर्ने गरेको चालक बताउँछन् । सडक निर्माणमा जति ढिलासुस्ती भयो उति समस्या लम्बिँदै जाने उनीहरुको भनाइ छ ।

मनसुन सक्रिय भएपछि पोखरा–मुग्लिन सडकमा यात्रा गर्न थप कष्टकर बनेको छ । दुई वर्षअघि सुरु भएको उक्त सडक विस्तार तथा स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ । आयोजना कार्यालयले सडक निर्माण पूरा हुन अझै दुई वर्ष लाग्ने जनाएको छ ।

पोखरा–बागलुङ राजमार्गअन्तर्गत दुई हजार दुई सय मिटरको हरिचोक–याम्दी सडक दुई वर्ष बित्दासमेत स्तरोन्ननि हुनसकेको छैन । पोखरालाई मध्यपहाडी लोकमार्ग हुँदै पश्चिम नेपालसँग जोड्ने उक्त सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीले समयमै हुन नसकेको हो । पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधानले सडक निर्माण समयमै सक्न पटक–पटक दबाब दिँदा पनि सुनुवाइ हुन नसकेको बताइन् । उक्त राजमार्ग भएर यात्रा गर्ने यात्रु मात्र नभएर स्थानीयवासी पनि धूलो र हिलोले हैरान छन् ।

वर्षात्मा ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा आयोजना कार्यालय र निर्माण कम्पनीप्रति स्थानीवासी रुष्ट छन् । सोही सडकका कारण पोखरासम्मको यात्रा झञ्झटिलो र लामो बनेको यात्रुको गुनासो छ । पोखराको जिरो किलोमिटरदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो ।

बीचको झण्डै दुई हजार दुई सय मिटर सडक विस्तार र कालोपत्र गर्न बाँकी रहेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । केही ठाउँमा नाला निर्माण र पर्खाल चिन्ने काम भए पनि सडकको भौतिक प्रगति न्यून छ । आयोजना कार्यालयले कामलाई गति दिन निर्माण व्यवसायीलाई पटक–पटक ताकेका गर्दै आएको छ ।

आयोजनाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायत सरोकारवाला पक्षबीचको बैठकमा सडक निर्माण छिट्टै सक्ने प्रतिबद्धता जनाइए पनि कामले गति लिन नसकेको वडाध्यक्ष प्रधानले बताइन् । गत वर्ष साउनमा काठमाडौंको ‘मोतीदान कन्स्ट्रक्सन सेवा प्रालि’ले निर्माणको जिम्मा पाएको थियो । २५ मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् ।

विसं २०७९ चैतदेखि निर्माण थालिएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडक जीर्ण छ । यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि निर्माण कम्पनीको ढिलासुस्तीले उक्त सडक आयोजनाले गति लिन सकेको छैन । पोखरा महानगरपालिकाको सडक शाखाका इञ्जिनीयर नवीन गौतमले केही समयअघि कामै रोकेको ठेकेदार कम्पनीले पुनः अहिले जनशक्ति र उपकरण थपेर काम अघि बढाएको जानकारी दिए ।

सो सडक समयमा नबन्दा पोखरादेखि लमजुङ हुँदै मनाङसम्म जाने यात्रुलाई सास्ती भएको छ । बेगनासदेखि कास्कीको रुपमा गाउँपालिकासम्मको सडक पनि जीर्ण छ । तालचोक–बेगनाश विश्व बैंकको सहुलियत ऋण सहयोगमा ३.२८ किमिको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी’ले निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु भएको थियो । फुट ट्र्याक, साइकल लेन र पार्किङसहितको नमुना सडक बन्ने उनको भनाइ छ ।

सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार बनाउने योजना छ । सडकमा तीनवटा पुल पनि बनाइने छन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनीयर गौतमले बताए । महानगरको गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किर्गिजस्तानमा चिनियाँ लगानीमा नवीकरणीय उर्जा आयोजना सञ्चालनमा

बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर...

शान्ति अस्वीकार भए सैन्य लक्ष्य पूरा गर्छौं : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त ग...

ब्राजिलमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

काठमाडाैँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध...

कञ्चनपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरी...

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी...

अस्थायी मतदाता सङ्कलन सुरु गरिने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन स...

विद्यार्थी नेताका हत्याराहरू भारत भागे: बङ्गलादेश प्रहरी

बङ्गलादेश । बङ्गलादेश प्रहरीले लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीका कथित हत्याराहरू भारत भागेको आइतबार जानकारी दिएको छ । यसले दुई छिमेकी देशको ...

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

हेटौँडा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश ...

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending