जुम्ला। जुम्लामा ७० वर्षीया ज्येष्ठ नागरिक महिलाको रहस्यमय रूपमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडा निवासी महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा भेटिइन् र उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भयो।
प्रहरीका अनुसार उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा बिहान ८:१० बजे ल्याइएको थियो भने ९:४५ बजे मृत घोषणा गरिएको हो। प्रहरी निरीक्षक निर्देश बरालका अनुसार महिलाको टाउको र आँखामा चोटपटक लागेको थियो।
उहाँका आफन्त धिरबहादुर वडले टाउकोमा धारिलो हतियारले प्रहार गरी घरमै राखेको अवस्थामा छिमेकीले घटना थाहा पाएका थिए। टाउकोको घाउसँगै आँखामा समेत चोट देखिएको थियो। घटना चैत ७ गते घटेको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार, घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा टिम घटनास्थलमा गएको छ। उनीहरूले सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - १३:४७
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा संशोधित निर्णयको फाइल मगाउन आदेश दिएको छ। गत बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार...
चैत्र ८ गते, २०८२ - १३:३९
मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।...
चैत्र ८ गते, २०८२ - १३:१०
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका...
चैत्र ८ गते, २०८२ - १२:५९
काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित होसना इट...
चैत्र ८ गते, २०८२ - १२:५१
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अब नेपाली भाषासँगै आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने भएका छन्। यसका लागि सांसदहरूले आफूले कुन भाषामा श...
चैत्र ८ गते, २०८२ - १२:३९
मुक्तिनाथ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ७ महिनामा १२ अर्ब १५ करोडभन्दा बढी मूल्यको वस्तु आयात गर...
चैत्र ८ गते, २०८२ - १२:२५
तेहरान। मध्यपूर्वमा बढ्दो सैन्य तनावबिच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामा...
चैत्र ८ गते, २०८२ - १२:०४
विर्तामोड। झापाको कनकाई नगरपालिका–३ स्थित चर्चित पर्यटकिय स्थल हेप्पील्याण्ड सेल्फी डाँडामा भएको झडपमा ५ जना घाइते भएका छन् भने ६ जनालाई प्रहरीले पक्र...
चैत्र ८ गते, २०८२ - ११:४३
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार...
चैत्र ८ गते, २०८२ - ११:४३
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार...


प्रतिकृया लेख्नुहोस्: