काठमाडौं । नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम समापन भएको छ । तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३,१३३ जना पुरुष तथा ७५४ जना महिला गरी कुल ३,८८७ जना सैन्यहरू दीक्षित भएका छन् ।
नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी अशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी श्री सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए ।
त्रिशुलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा सहभागीहरूलाई सम्बोधन गर्दै बलाधिकृत रथीअशोकराज सिग्देलले एक कर्मठ, इमानदार, अनुशासित एवं नेपाली सेनाको मूल्य-मान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्था प्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नियुक्त हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना दिए ।
उनले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण एवं जगेर्ना गर्नको लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै सदैव राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्न निर्देशन दिए ।
देशका विभिन्न तालिम केन्द्रहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८२ - २०:४८
संखुवासभा । संखुवासभाबाट साइबर क्राइममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका– १ का २९ वर्षीय सुजन भुजेल र सोही वडाका २...
जेष्ठ ३१ गते, २०८२ - २०:४०
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक पर...
जेष्ठ ३१ गते, २०८२ - २०:१९
भारत । भारतले शुक्रबार छिमेकी चीनसँग तिनीहरूबीच प्रत्यक्ष उडान पुनः सुरु गर्ने प्रक्रियालाई ‘तीव्रता’ दिन सहमत भएको बताएको छ । यो सम्बन्धमा थप सुधारको...
जेष्ठ ३१ गते, २०८२ - २०:१३
भोजपुर । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्त...
जेष्ठ ३१ गते, २०८२ - १९:२२
प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने
जेष्ठ ३१ गते, २०८२ - १९:१५
बागलुङ । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–५ बतासेडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँद...
जेष्ठ ३१ गते, २०८२ - १९:०८
तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आ...
जेष्ठ ३१ गते, २०८२ - १८:५४
पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण गरी आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुखसहित वरिष्ठ व्यक्तित्वहरूको हत्या...
जेष्ठ ३१ गते, २०८२ - १८:४७
काठमाडौं । अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-४ का ५१ वर्षीय राजक...
जेष्ठ ३१ गते, २०८२ - १८:३६
काठमाडाैं । मोबाइल पसल सञ्चालकलाई धम्क्याएर पाँच लाख रुपैयाँ असुलिएको आरोपमा तीन प्रहरीसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कोलहपुर ...
प्रतिकृया लेख्नुहोस्: