Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

इन्डोनेसियाका पूर्व मन्त्रीलाई १० वर्षको जेल सजाय

खबरडबली संवाददाता

एजेन्सी । इन्डोनेसियाका पूर्व कृषि मन्त्रीलाई सार्वजनिक कोषको नौ लाख डलर भन्दा बढीको दुरुपयोग गरेको आरोपमा बिहीबार १० वर्षको जेल सजाय सुनाइएको छ । 

स्याहरुल यासिन लिम्पोलाई उनको मन्त्रालयको अधिकारीहरूलाई राज्यको खजाना बाट पैसा पठाउन आदेश दिएकोमा जकार्ता अदालतले दोषी ठहर गरेको थियो, जसमध्ये केही उनको व्यक्तिगत खर्चका लागि प्रयोग गरिएको थियो । प्रतिवादी कानुनी रूपमा भ्रष्टाचारको आपराधिक कार्य गरेकोमा दोषी साबित भएको पीठासीन न्यायाधीश रिएन्टो एडम पोन्टोहले जनाए । 

न्यायाधीशहरूले उनले आफ्नी श्रीमतीका लागि गहना र सौन्दर्य उपचारसहित व्यक्तिगत खर्चमा नौ लाख डलर भन्दा बढी खर्च गरेको पत्ता लगाएका थिए । इन्डोनेशियाका धेरैजनालाई पहिलो नामले जाने स्याहरुललाई रकम फिर्ता गर्न वा अदालतले उनको सम्पत्ति जफत गर्न आदेश दिएको थियो । 

न्यायाधीशहरूले ६९ वर्षीय वृद्धलाई १९ हजार डलर जरिवाना तिर्न वा चार महिनाको अतिरिक्त जेल सजायको सामना गर्न आदेश दिए । अभियोजनकर्ताहरूले १२ वर्षको सजाय र ३१ हजार डलर जरिवाना माग गरेका थिए । अदालतले बिहीबार स्यहरुलको मुद्दामा कृषि मन्त्रालयका दुई पूर्व उच्च पदस्थ अधिकारीलाई चार वर्षको जेल सजाय पनि सुनाएको छ । प्रतिवादीहरूसँग अपिल सुरु गर्न सात दिनको समय छ । 

इन्डोनेसियाले हालका वर्षहरूमा भ्रष्टाचारको आरोपमा धेरै सरकारी अधिकारीहरूलाई पक्राउ गरेको छ । नोभेम्बरमा, इन्डोनेसियाका पूर्व सञ्चार मन्त्रीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि १५ वर्षको जेल सजाय भएको थियो । जसले देशलाई ५० करोड डलरभन्दा बढी नोक्सान पुर्याएका थिए । 

सन् २०२१ मा, एक पूर्व सामाजिक मामिला मन्त्रीलाई कोरोना भाइरस महामारीबाट पीडित गरिब परिवारहरूको लागि खाद्य सहायतासँग सम्बन्धित १.२ मिलियन डलर घुस लिएको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE