काठमाडौं । चालु आर्थिक वर्ष २०८०्८१ को ११ महिनामा वाणिज्य बैंकहरुले ५६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुले ११ महिनामा कुल ५६ अर्ब ४५ करोड ४ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन्।
तथ्यांकअनुसार उनीहरुले जेठ महिनामा मात्रै ७ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएका हुन् । १० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकले ११ महिनामा ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६१ अर्ब ९५ करोड रुपैयाँबराबरको नाफा गरेका छन् ।
जसमध्ये वाणिज्य बैंकको नाफा ५६ अर्ब ४५ करोड रहँदा विकास बैंकले ४ अर्ब ९५ करोड र वित्त कम्पनीले ५५ करोड नाफा कमाएका छन् । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ७० अर्ब ४ करोड खुद नाफा गरेका थिए । उनीहरुले ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ नाफा गरेका थिए । गत आवको ११ महिनाको नाफाको तुलनामा चालु आवको सोही अवधिमा गरेको नाफा १६ प्रतिशत कम हो ।
यस अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले समिक्षा अवधिसम्ममा ६ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो। ग्लोबल आइएमई बैंकले ११ महिनामा ५ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गर्दै नबिल बैंकलाई पछ्याएको छ । त्यसपछि नेपाल इन्मेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ५५ करोड, एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड मुनाफा आर्जन गरेका छन् ।
यस्तै, प्रभु बैंकले ३ अर्ब ३ करोड, कृषि विकास बैंकले ३ अर्ब २ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड, एनएमबि बैंकले २ अर्ब ७७ करोड, हिमालयन बैंकले २ अब ७६ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड सिद्धार्थ बैंकले २ अर्ब २७ करोड, एनआईसी एशिया बैंकले २ अर्ब २३ करोड, सिटिजन्स बैंकले १ अर्ब ७५ करोड, सानिमा बैंकले १ अर्ब ७४ करोड, कुमारी बैंकले १ अर्ब ६७ करोड नाफा कमाएका छन् । त्यस्तै, नेपाल एसबीआई बैंकले १ अर्ब ६६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड, नेपाल बैंक १ अर्ब ७ करोड नाफा कमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ११ गते, २०८१ - १९:३५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा र...
आश्विन ११ गते, २०८१ - १६:४०
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन...
आश्विन ११ गते, २०८१ - १६:३६
काठमाडौं । अखिल क्रान्तिकारीको आजबाट सुरु हुने भनिएको बन्द सत्र ५ घण्टा बितिसक्दा पनि सुरु भएको छैन । बिहान ११ बजेका लागि बन्द सत्र सुरु गर्ने का...
आश्विन ११ गते, २०८१ - १६:२६
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् । विश्व पर्यटन...
आश्विन ११ गते, २०८१ - १६:२४
काठमाडौँ । शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । यस सडक खण...
आश्विन ११ गते, २०८१ - १५:३३
काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार...
आश्विन ११ गते, २०८१ - १५:२६
काठमाडौं । न्याय परिषद सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । ...
आश्विन ११ गते, २०८१ - १५:१७
काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अप...
आश्विन ११ गते, २०८१ - १४:५७
काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् । न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौ...
आश्विन ११ गते, २०८१ - १४:५४
सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साह...
प्रतिकृया लेख्नुहोस्: