काठमाडौं । चालु आर्थिक वर्ष २०८०्८१ को ११ महिनामा वाणिज्य बैंकहरुले ५६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुले ११ महिनामा कुल ५६ अर्ब ४५ करोड ४ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन्।
तथ्यांकअनुसार उनीहरुले जेठ महिनामा मात्रै ७ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएका हुन् । १० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकले ११ महिनामा ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६१ अर्ब ९५ करोड रुपैयाँबराबरको नाफा गरेका छन् ।
जसमध्ये वाणिज्य बैंकको नाफा ५६ अर्ब ४५ करोड रहँदा विकास बैंकले ४ अर्ब ९५ करोड र वित्त कम्पनीले ५५ करोड नाफा कमाएका छन् । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ७० अर्ब ४ करोड खुद नाफा गरेका थिए । उनीहरुले ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ नाफा गरेका थिए । गत आवको ११ महिनाको नाफाको तुलनामा चालु आवको सोही अवधिमा गरेको नाफा १६ प्रतिशत कम हो ।
यस अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले समिक्षा अवधिसम्ममा ६ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो। ग्लोबल आइएमई बैंकले ११ महिनामा ५ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गर्दै नबिल बैंकलाई पछ्याएको छ । त्यसपछि नेपाल इन्मेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ५५ करोड, एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड मुनाफा आर्जन गरेका छन् ।
यस्तै, प्रभु बैंकले ३ अर्ब ३ करोड, कृषि विकास बैंकले ३ अर्ब २ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड, एनएमबि बैंकले २ अर्ब ७७ करोड, हिमालयन बैंकले २ अब ७६ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड सिद्धार्थ बैंकले २ अर्ब २७ करोड, एनआईसी एशिया बैंकले २ अर्ब २३ करोड, सिटिजन्स बैंकले १ अर्ब ७५ करोड, सानिमा बैंकले १ अर्ब ७४ करोड, कुमारी बैंकले १ अर्ब ६७ करोड नाफा कमाएका छन् । त्यस्तै, नेपाल एसबीआई बैंकले १ अर्ब ६६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड, नेपाल बैंक १ अर्ब ७ करोड नाफा कमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: