Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

पाकिस्तानमा रहेका ४४ हजार अफगानी पुनर्स्थापनाकाे पर्खाइमा

खबरडबली संवाददाता

एजेन्सी । तालिबान सत्तामा फर्किएपछि पश्चिमी मुलुकमा स्थानान्तरणका लागि स्वीकृत भएका कम्तीमा ४४ हजार अफगानी अझै पनि पाकिस्तानमा अलपत्र अवस्थामा रहेको इस्लामाबादले बिहीबार जनाएको छ ।

सन् २०२१ को अगस्टमा नेटो समर्थित सरकार ढलेपछि काबुलबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई उद्धार गरिएको थियो । त्यसयता तालिबानको शासन कालमा लाखौँ अफगानी भागेका छन् र धेरैले आफ्नो देशमा २० वर्षसम्मको लामो विदेशी हस्तक्षेपमा संलग्न राष्ट्रहरूमा शरणका लागि आश्वासन पाएका र यस अवसरको पर्खाइमा रहेका छन् ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले तालिबानले सत्ता सञ्चालन गरेको तीन वर्षमा २५ हजार अफगानीलाई अमेरिकामा स्थानान्तरणका लागि अनुमति दिइएको बताए । पाकिस्तानमा रहेका थप नौ हजार अफगानीलाई अस्ट्रेलियाले स्वीकार गरेको छ भने क्यानडाले ६ हजार, जर्मनीले तीन हजार र बेलायतले एक हजारभन्दा बढीलाई स्विकारेका छन् ।

‘हामीले उनीहरूलाई यी देशहरूका लागि स्वीकृति र भिसा जारी गर्ने प्रक्रियालाई छिटोभन्दा छिटो गर्न आग्रह गरेका छौँ, ताकि उनीहरूलाई जतिसक्दो चाँडो स्थानान्तरण गर्न सकियोस्,’ बलोचले सञ्चारमाध्यमसँग नियमित रूपमा हुने गरेको साप्ताहिक भेटघाटमा भने । काबुलमा पुरानो सत्ताको पतनपछि अधिकांश देशहरूले आफ्ना अफगान दूतावासहरू बन्द गरेका अफगान आप्रवासीहरूलाई पाकिस्तानमा अस्थायी रूपमा बस्ने व्यवस्था गरी उनीहरूको लागि इस्लामाबादस्थित दूतावासहरूले सेवा प्रदान गर्ने बताएका छन् ।

स्थानान्तरणको आश्वासन पाएका धेरै अफगानीहरू विदेशी समर्थित सरकारमा सामेल थिए र उनीहरू तालिबान अधिकारीहरूको प्रतिशोधको डरमा छन् । मंगलबार पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिप्पो ग्रान्डीलाई स्थानान्तरणको पर्खाइमा रहेका अफगानीहरूको स्थानान्तरणका लागि दबाब दिएका थिए ।

तालिवानले आफ्नो नियन्त्रणमा लिएपछि र इस्लामको कठोर संस्करण लागू गरेयता करिब ६ लाख अफगानी पाकिस्तान पुगेका छन् । सोभियत आक्रमण, गृहयुद्ध र ९-११ पछिको अमेरिकी नेतृत्वमा भएको कब्जालगायतका पछिल्ला द्वन्द्वबाट भागेर त्यसभन्दा अघिका चार दशकमा लाखौँ मानिसहरू पाकिस्तान आएका थिए ।

तर, गत वर्षदेखि काबुलसँगको सम्बन्ध सुरक्षाको विषयलाई लिएर तिक्तता आएपछि इस्लामाबादले ठूलो संख्यामा कागजातविहीन अफगानीलाई देश निकाला गर्ने अभियान चलाएको छ । पक्राउ पर्ने डरले पाँच लाखभन्दा बढी मानिस जोखिम मोलेरै भए पनि अफगानिस्तान फिर्ता भएका छन् ।

दर्ता भएका अफगानी शरणार्थीको अर्को एक वर्ष बस्न पाउने अधिकारको विस्तार गर्ने, तर कागजपत्र नभएका शरणार्थीलाई स्वदेश फर्काउने प्रयास जारी राख्ने इस्लामाबादले बुधबार बताएको छ । (रासस/एएफपी)

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE