Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

खेम बतासको बुढीपोल्ली र रंगा बिष्ट नेगीको सवाल कृतिमाथि परिचर्चा

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले २११औं भानु जयन्ती मनाउँदै खेम बतासको कथासंग्रह बुढीपोल्ली र गंगा बिष्ट नेगीको सवाल गजल संग्रहमाथि परिचर्चा गरेको छ ।

साहित्य समाजले आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीका उपलक्ष्यमा प्रभातफेरी गर्नुका साथै पुस्तकमाथि परिचर्चा गरेको हो । प्रभातफेरी भानुभक्तीय रामायणका श्लोकले गुन्जाएमान पारिएको थियो ।

साहित्य समाजको प्रांगणमा रहेको भानुभक्त आचार्यको पूर्णकदको शालिकमा प्रमुख अतिथि पुनर्बास नगरपालिका कंचनपुरका नगरप्रमुख तोयराज शर्माले माल्यापर्ण गरेका थिए । यसका साथै आख्यानकार बतासको कथासंग्रह बुढीपुल्ली र गजलकार बिष्टको सवाल गजलसंग्रहमाथि परिचर्चा गरिएको थियो । समाजमा व्याप्त जातीय विभेद र छुवाछुत, लैंगिक असमानता, वर्गीय र सांस्कृतिक उत्पिडनविरूद्ध लेखिएको बुढीपोल्लीको समीक्षा साहित्यकार तुलसी शर्मा र नरेन्द्र भट्टले गरेका थिए । त्यस्तै सवाल गजलसंग्रहमाथि साहित्यकार नारा जोशी र सिर्जन श्रीले समीक्षा गरेका थिए ।

आदिकविको व्यक्तित्व र कृतित्वमाथि प्राध्यापक गणेशराज जोशीले प्रकाश पारेका थिए । कार्यक्रममा प्रख अतिथि शर्माले यस क्षेत्रको भाषा, साहित्य कला र संस्कृतिको उन्नयन गर्न सबैले आ-आफ्नो क्षेत्र र  तर्फबाट लाग्नुपर्ने बताए । कला, साहित्यको विकासका लागि नगरपालिकाले पनि सक्दो काम गर्ने उनले बताए । पुनर्बास नगर उपप्रमुख भुलिया रानाले आदिकविको योगदानको स्मरण गर्दै परिचर्चा भएका कृति सबैले पढ्नैपर्ने बनाइन् ।

साहित्यकार रामचन्द्र नेपालले भौगोलिक रूपमा एकीकरण भएको देशलाई भानुभक्तले भावनागत रूपमा एकीकरण गरि आज नेपालीहरू विश्वमा जहाँ पुगेका छन् त्यहाँ भानुभक्तको पदार्पण भएको र नेपाली भाषाको उन्नयन भइरहेको बताइन् ।

कार्यक्रममा चैतन्य पाठशाला कक्षा तीनकी विद्यार्थी विज्ञा भट्ट र कवि मनोज साउद विवशले कविता वाचन गरेका थिए । मन्जु गिरी, सरस्वती दहाल र सुधा चाडले गीत गाएका थिए । समाजका अध्यक्ष तीर्थराज पाडेयको अध्यक्षता सम्पन्न कार्यमा स्वागत भाषण उपाध्यक्ष रुपा स्वारले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव गणेश नेपालीले गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy