चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ । नेपालका नदीमा खोजतलास गर्नसक्ने अन्तर्राष्ट्रिय तालिम प्राप्त गोताखोर र प्रविधिको प्रयोगगरी खोजतलास भइरहेको हो ।
सशस्त्र प्रहरी बल नेपाल एवं विपद् तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलका अनुसार बङ्गलादेशबाट तालिम प्राप्त १० जना गोताखोर परिचालन गरिएको छ । गोताखोरसँगै एक सय जनाको शिक्षालयका सशस्त्र प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर तीन गढिमाइ बाहिनी मुख्यालय मकवानपुरका वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी तीर्थ पौडेलले एन्कर ९फलामे हुक०, वाटर ड्रोन ९सोनार०, पाइप इन्स्पेक्सन स्वेर क्यामरालगायत आधुनिक उपकरणको प्रयोग गरी खोजी कार्य भइरहेको बताए ।
“नदीको धमिलो र बगिरहेको पानीमा गोताखोरले आधुनिक उपकरणको प्रयोग गरी खोजी गरिरहेका छन्”, उनले भने, “अन्तर्राष्ट्रिय रुपमा समुन्द्रको सफा पानीका लागि तयार पारिएका उपकरण धमिलो पानीमा प्रभावकारी नहुने भएकाले सोहीअनुसारका उपकरण प्रयोग गरिएको छ ।”
यसअघि त्रिशूलीमा खसेको गाडी खोजतलासका लागि बङ्गलादेशबाट गोताखोर आएको भएपनि बगेको धमिलो पानीमा काम गर्न सहज नभएको भन्दै वरिष्ठ उपरीक्षक पौडेलले अहिले जुन जनशक्ति र प्रविधि प्रयोग भएको छ यत्तिको प्रविधि अन्यत्र नभएको दाबी गरे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लास्थित सुरक्षाकर्मी एवं सशस्त्र प्रहरी बल, विपद् तालिम शिक्षालय र नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीलाई खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए । उनले भने, “नदी र वरपर बेपत्ता बस यात्रीको खोजी गर्न अधिकतम प्रयास गरिरहेका छौँ ।”
गृहसचिवसहित सुरक्षा निकायका प्रमुख यहाँ आउन लागेको जनाउँदै भन्दै उनले स्थानीय प्रशासनका तर्फबाट सम्पूर्ण प्रयार र जनशक्ति परिचालन गरिएको बताए । हालसम्म तीन वटा शव फेला परेका छन् । असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: