बाग्लुङ । मनसुनजन्य विपद्बाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले छ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको जनाएको छ ।
बागलुङमा मनसुनजन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुई जनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो । मनसुनजन्य विपद्बाट मृत्यु भएकाका परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए।
यही असार २७ गते राति बागलुङ–७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको थियो । मृतक शर्माकी छोरी निर्मला शर्मालाई दुई लाख ५० हजार रुपैयाँ नगद प्रदान गरिसकिएको सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार सङ्घीय सरकारको दुई लाख रुपैयाँ र प्रदेश सरकारको ५० हजार रुपैयाँ रकम मृतकको परिवारलाई प्रदान गरिएको छ ।
यस्तै, यही असार १५ गतेको राति अविरल वर्षाले घर पुर्दा श्रीमान्–श्रीमतीको मृत्यु भएको थियो । गलकोट–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो ।
मृतक श्रीमान्–श्रीमतीको परिवारलाई चार लाख रुपैयाँ एक मुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ११ गते, २०८१ - १९:३५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा र...
आश्विन ११ गते, २०८१ - १६:४०
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन...
आश्विन ११ गते, २०८१ - १६:३६
काठमाडौं । अखिल क्रान्तिकारीको आजबाट सुरु हुने भनिएको बन्द सत्र ५ घण्टा बितिसक्दा पनि सुरु भएको छैन । बिहान ११ बजेका लागि बन्द सत्र सुरु गर्ने का...
आश्विन ११ गते, २०८१ - १६:२६
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् । विश्व पर्यटन...
आश्विन ११ गते, २०८१ - १६:२४
काठमाडौँ । शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । यस सडक खण...
आश्विन ११ गते, २०८१ - १५:३३
काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार...
आश्विन ११ गते, २०८१ - १५:२६
काठमाडौं । न्याय परिषद सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । ...
आश्विन ११ गते, २०८१ - १५:१७
काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अप...
आश्विन ११ गते, २०८१ - १४:५७
काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् । न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौ...
आश्विन ११ गते, २०८१ - १४:५४
सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साह...
प्रतिकृया लेख्नुहोस्: