Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

स्यानिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी

खबरडबली संवाददाता

काठमाडौं । स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा महिलाले लगाउने स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको हो ।

प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीया लालबहादुर तामाङलाई सुन तस्करीको आरोपमा पक्राउ गरेको हो ।

 पुस १४ गते आइतबार दिउँसो साढे २ बजे फ्लाई दुबईको उडान मार्फत एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी थिइन् । पछि ती महिलाले दुबईबाट सुन ल्याएको र उक्त सुन लुटिएको सूचना प्रहरीले पायो ।

सुन लुटिएको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीसँग मिलेर अनुसन्धान अघि बढाएको थियो । सो क्रममा तीन जनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त सुन नाम परिवर्तित ‘भक्तपुर क’ महिलाले आफूले प्याड लगाएर त्यसमा लुकाएर ल्याएको खुलेको एक अनुसन्धान अधिकृतले बताए ।

ती अधिकृतका अनुसार सुनलाई गालेर लिक्विड बनाएर प्याडमा लेपन लगाएर ल्याइएको थियो । अवैध रूपमा सुन ल्याएको सूचना पाएपछि लुटिएको खुलेको छ ।

लुटिएको झण्डै आधा किलो ४३६.१० ग्राम सुन समेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूबाट प्रहरीले ३ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

 सोलुखुम्बु । आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ ...

सिआइबीमा दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति गुरुङले के भने ?

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले...

जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टी  नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमु...

एमाले बैठकमा मीनबहादुरको दानको जग्गा फिर्ता गर्न नेताहरुको प्रस्ताव

ब्यापारीको दानमा पाइने घरमा पार्टी कार्यालय राख्न नहुने

प्यूठान कांग्रेसमा दुईपक्षबीच पानी बाराबार

प्यूठान । नेपाली कांग्रेस प्यूठानमा दुई गुटको विवाद सतहमा आएको छ । जिल्लामा पहिले इतर समूहको प्रभाव देखिए पनि अहिले संस्थापन समूहको प्रभाव बढेको नेताह...

संखुवासभामा भूकम्पबाट एक घरमा क्षति

संखुवासभा । चीनको तिब्बत केन्द्रविन्दु बनाएर आज बिहान गएको भूकम्पले सङ्खुवासभाको भोटखोला गाउँपालिका –१ किमाथाङ्कामा एक भत्किएको छ। आज बिहान चीनको त...

सर्वोच्चले झिकायो बार अध्यक्ष घिमिरेको विवादित वक्तव्यको अडिओ–भिडिओ

काठमाडौं ।  नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनको विवादित वक्तव्यको श्रव्यदृश्य सामग्...

काठमाडौंका दुई ठाउँमा आगलागी, झण्डै ११ लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा झण्डै ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षी...

उमेरहद लागेर बिदा भएका विद्यार्थी नेताबारे अहिले निर्णय गर्न रञ्जित तामाङको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका जारी केन्द्रीय समिति बैठकमा अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे प्रशस्त बहस भएको छ । अ...

विशेष महाधिवेशनमा जान केन्द्रीय समितिकाे बैठकमा वर्षमानको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बैठकमा उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले पार्टीको अ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy