Ntc summer Offer
Khabar Dabali १३ माघ २०८१ आईतवार | 26th January, 2025 Sun
Investment bank

महोत्तरीमा गोली चलाएर डकैतीका आरोपी पक्राउ

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । आइतबार राति साढे १० बजे सोनमा गाउँपालिका वडा नम्बर ५ खैरवनीस्थित सर्लाही–महोत्तरी सिमाना सितलपुरमा प्रहरीले गोली चलाएको हो।

प्रहरीले गोली चलाएर सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय विजेन्द्र पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।

मधेसका जिल्लाहरू बारा, सर्लाही, महोत्तरी, सिरहा र बागमती प्रदेशको सिन्धुलीमा समेत पटकपटक डकैती हुने गरेको थियो। ती डकैतीमा विजेन्‍द्रको संलग्नता देखिएको डिएसपी जैसवारले जानकारी दिए ।

सितलपुरमा महोत्तरीबाट खटिएको प्रहरीको टोलिसँग विजेन्द्रको भेट भएको थियो । प्रहरी देखेर विजेन्द्र भागेका थिए। भागेपछि प्रहरीले एक राउन्ड गोली चलाएको थियो । गोली विजेन्द्रको घुँडा मुनि लागेर घाइते छन्। उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । 

डिएसपी जैसवारका अनुसार विजेन्द्रले २०५९ देखि २०७८ सम्म पटकपटक डकैती गरेको रेकर्ड छ ।  बारामा दुई, सर्लाहीमा एक, महोत्तरीमा दुई, सिरहामा एक र सिन्धुलीमा एक गरी सात वटा लुटपाट तथा डकैती गरेको अभिलेखमा उल्लेख छ। उनले नेपालमा मात्रै नभएर भारतमा समेत डकैती गरेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल वायुसेवा निगमको आन्तरिक उडान अनिश्चित

काठमाडौं । जहाज अभावका कारण नेपाल वायुसेवा निगमको आन्तरिक उडान अनिश्चित भएको छ ।  इन्जिनको अभावमा निगमको दुईवटा टुइनअटर जहाज 9N-ABT र अर्को 9N- ABU ग्...

आमा बनेपछि पहिलो पटक र्‍याम्पमा दिपिका पादुकोण

काठमाडाैं । दीपिका पादुकोणलाई बलिउड उद्योगको महिला सुपरस्टार मानिन्छ । उनले लगातार ब्लकबस्टर फिल्ममार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका छन् । ...

अखिल क्रान्तिकारीको अध्यक्ष पदमा हेमन्त र विजयबिच कडा प्रतिस्पर्धा, कुुन प्रदेशमा कसकाे मत कति?

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राईबिच कड...

होटलको सीसीटीभी फुटेज र बिल झिकाउन रास्वपा सांसद कठायतको उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी ...

राप्रपा केन्द्रीय समितिको बैठक‘ ‘कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर जस्तै भयोः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर ((ज्ञानेन्द्र) शाहीले जारी केन्द्रीय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बता...

प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसदमा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बो...

ताप्लेजुङमा प्रहरीको गोली लागी घाइते भएका तीनजनालाई विराटनगरबाट काठमाडौं पठाइयो

विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई आइतबार दिउँसो विराटनगरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ ।  शनिबारको झडपम...

धनुषाका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

धनुषा  । जनकपुरलगायत धनुषाको विभिन्न ठाउँमा सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रह...

ठमेलको गेष्ट हाउसमा २१ वर्षीया युवती मृत फेला परिन्

काठमाडौं । ठमेलको ड्रंकेन इन गेष्ट हाउसमा एक युवती मृत भेटिएकी छन् । रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ सो गेष्ट हाउसको २०२ नम्बरको कोठाम...

अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं । अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पाणिनी गाउँपालिका–८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक एक ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy