Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

खबरडबली संवाददाता

रौतहट । रौतहटमा आफ्नै खेतमा काम गरिरहेको क्रममा करेन्ट लागेर सोमवार दिउसो एकजना युवकको मृत्यु भएको छ ।

स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाहीटोलका कु्ती हजराको छोरा बर्ष ४५ को चुनिलाल पासवानको आफनै खेतमा काम गरि रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको हो ।

उनको खेतहुँदै छिमेकी रामदरेश राय यादवले जडानगरि लगेको मोटरको तारबाट करेन्ट लागि दिउँसो १ बजेर २० मिनेटमा घाईतेभएका थिए । लगत्तै सुरक्षा बेश देवाहीबाट इन्स्पेक्टर उत्तम कुमार श्रेष्ठको कमाण्डमा ४ जना, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशराम कार्कीको कमाण्डमा ४ जनाको टोली खटिएर घाईते पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित ग्राण्डी अस्पतालमा लगेकोमा आधा घण्टा पश्चात दिउँसो १ बजेर ५० मिनेटमा उपचारको क्रममा मुत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । 

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले पासवानको खेतहुँदै मीटरको तार लागेका रामदरेश राय यादव हाल फरार रहेकाले उनको खोजी भईरहेको,शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

काठमाडौं । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।  इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्र...

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि  रेडियोकलर जडा...

काठमाडौं महानगरद्वारा बुद्धमाई अस्पताललाई एकलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण एक लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्...

दसैँभर कोशी प्रदेशमा २६९ दुर्घटना हुँदा १४ जनाको मृत्यु

माेरङ । कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत...

हेमांग बदानी बने दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक

काठमाडौं । पुर्व क्रिकेटर हेमांग बदानी आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बनेका छन् । बदानीले अब पुर्व प्रशिक्षक रिक्की पोन्टिङको स्थान लि...

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरिएको छ । सरकारको गत असोज ६ गते बनाएको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम वि...

धादिङमा एक वृद्धा मृत फेला

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका– ६ कुम्पुरभञ्ज्याङस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएकी छिन् । ८६ वर्षीया सुन्तली घले गएराति घरनजिकै मृत अवस्थामा भ...

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले द...

साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुव...

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला । जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy