रुकुम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ ।
आठबिसकोट नगरपालिका १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी बखत शाहीले बताए ।
मृत्यु हुनेमा स्थानीय १० वर्षीय हितमाया पुन, आठ वर्षीय धनसा पुन र चार वर्षीय मनिषा सार्की रहेको उनले बताए।
बाढीले बगाउँदा डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् भने घाइते भएका ६ जनालाई उपचारका लागि अस्पताल पुर्याइएको उनले बताए।
प्रतिकृया लेख्नुहोस्: