Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

नयाँ आलुको मूल्य तेब्बरले वृद्धि हुँदा किसान उत्साहीत

खबरडबली संवाददाता

सिमकोट  । किसानले उत्पादन गरेको नयाँ आलु बजारमा आएसँगै त्यसको मूल्य तेब्बरले वृद्धि भएको छ । पुरानो आलु सकिएको र नयाँ आलु बजारको मागभन्दा कम आउन थालेपछि आलुको मूल्य वृद्धि भएको हो । 

सिमकोट बजारमा उपभोक्ता उत्सव लामाले नयाँ आलु बजारमा आउन सुरु भएसँगै त्यसको मूल्यवृद्धि भएको बताए । हाल नयाँ आलुको मूल्य प्रतिकेजी एकसय ५० रुपियाँ पर्नेगरेको उनले बताए । जबकि पुरानो आलुको मूल्य प्रतिकेजी ४० रुपैयाँ पर्ने गर्थ्यो । 

उनले पुरानो सकिने र नयाँ उत्पादन हुने समयको मौका छोपेर आलुको मूल्य वृद्धि भएको बताए । यस वर्ष नयाँ आलुको उत्पादन पनि राम्रो नभएका कारण मागभन्दा कम आलु बजारमा आइरहेका कारण मूल्यवृद्धि भएको उनले बताए । ब्यावसायिक आलुखेती गर्दै आएका किसान जानपुरी भण्डारीले गाउँबाट तीन घण्टा पैदलै बोकेर ल्याएका कारण पनि आलुको मूल्य वृद्धि भएको बताए । 

उनले हालसम्म १० क्विन्टल आलु प्रतिकेजी एकसय ५० रुपियाँमा बिक्री गरेको र यो क्रम जारी रहेको बताए । उनले हालसम्म सबैभन्दा बढी मूल्यमा आलु बिक्री भएको बताउँदै खडेरीका कारण आलु उत्पादन पनि कम भएको बताए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले नयाँ आलु भर्खर आउन सुरु भएका कारण पनि मूल्य बढी भएको बताए । 

आलुको मूल्य वृद्धि भएका कारण किसान र तरकारी व्यापारीसँग छलफल गरिने उहाँले बताए । त्यसैगरी स्थानीय टमाटर पनि बजारमा आउन सुरु भएको छ । स्थानीय टमाटर प्रतिकेजी २५० रुपियाँ मूल्य निर्धारण गरिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending