Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । आज काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौं उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना-२ बारे जानकारी लिने क्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन् । 

उनले भने,“हामीले काममार्फत मेलम्ची खानेपानी आयोजनासम्बन्धी सिर्जित गलत भाष्य चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी बाह्रै महिना कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसका लागि म प्रतिबद्ध छु ।” मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिएका थिए । उनले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे जानकारी लिँदै जनताको गुनासो ध्यानमा राखी मन्त्रालयका कर्मचारीसँग मिलेर काम गरिरहेको जानकारी दिए । 

उनले स्थानीय सरकारसँग समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग टेलिफोनमा छलफल भएको उल्लेख गरे । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका विषयमा प्राप्त गुनासोले आफू गम्भीर रहेको बताउँदै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । “म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो”, उनले भने, “मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौंका बासिन्दालाई खानेपानी पुर्‍याएर देखाउनुपर्छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपचारकाे लागि दुर्गा प्रसाईँलाई वीर अस्पताल लगियो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । अदालतको आदेश अनुसार उपचार गराउन उनलाई अस्पताल लगिएको साइबर ब्यूरोका ए...

धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडाैं । धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएकाे छ । बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अध...

घोडाघोडी मन्दिरकाे एकै मण्डपमा २३ जोडीको बिवाह

कैलाली । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिम...

सुनसरीमा सवारी दुर्घटनामा परी दम्पतीको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सङ्खुवासभाको धर्मद...

मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु

माेरङ । मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायसले सा...

चार महिनामा १० अर्बबढीकाे खाद्यान्न आयात

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गर...

आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन

काठमाडौं । आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन भएकाे छ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व संकल...

महिलाको हत्या गरी शव फाल्ने पक्राउ

काठमाडाैं । महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका प्रहरी जनाएको छ । उदयपुर घर भएकी ४५ ...

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।  कम्बो...

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक घटे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy