काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गर्ने भएका छन् । साउन ६ गते आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।
त्यसका लागि संसद् सचिवालयमा बुधबार औपचारिक पत्र पठाएका ओलीले सबै दलसँग विश्वासको मत माग्ने तयारी भएको एमाले सांसद तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘हामी सबै दलसँग विश्वासको मत माग्छौँ’, बर्तौलाले भने, ‘प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई मत दिनुस् भनेर आग्रह गर्छौं ।’
उनले पार्टी र नेताहरूलाई पत्र लेखेर मत माग्ने वा मौखिक रूपमा भेटेर भन्ने विषय छलफलकै क्रममा रहेपनि सार्वजनिक रूपमै अपिल गरिसकिएको बताए । ‘निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएका दलहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत आग्रह गरेका छौँ’, बर्तौलाको भनाई छ ।
उनले माओवादी केन्द्रसहित प्रतिपक्ष दलहरूलाई पनि विश्वासको मतका लागि आग्रह गरिएको बताए । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भएकाले तेस्रो, चौथो र पाँचौँ दलले पनि सरकारलाई समर्थन गर्दा सकारात्मक सन्देश जाने भएकाले दलहरूले यसबारेमा सोच्नुपर्ने बताए ।
नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष समेत रहेका ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएर ३१ गते शपथ ग्रहण गरेका थिए । प्रधानमन्त्रीमा दाबी गर्दा कांग्रेस र एमालेका १६६ सांसदको समर्थन देखाएका ओलीलाई जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्तिले विश्वासको मत दिने बताउँदै आएका छन् । त्यस्तै राप्रपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि विश्वासको मत दिन सकारात्मक देखिएका छन् । यद्यपि राप्रपाले कुनै निर्णय भने गरिसकेको छैन । कांग्रेस, एमाले, जसपा, जनमत, जसपा नेपाल र लोसपाका सांसदहरूको सङ्ख्या १८७ पुग्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सांसदको आवश्यकता पर्छ ।
माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले कांग्रेस एमालेको गठबन्धन मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजनाअनुसार भएको भन्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८२ - २०:४८
संखुवासभा । संखुवासभाबाट साइबर क्राइममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका– १ का २९ वर्षीय सुजन भुजेल र सोही वडाका २...
जेष्ठ ३१ गते, २०८२ - २०:४०
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक पर...
जेष्ठ ३१ गते, २०८२ - २०:१९
भारत । भारतले शुक्रबार छिमेकी चीनसँग तिनीहरूबीच प्रत्यक्ष उडान पुनः सुरु गर्ने प्रक्रियालाई ‘तीव्रता’ दिन सहमत भएको बताएको छ । यो सम्बन्धमा थप सुधारको...
जेष्ठ ३१ गते, २०८२ - २०:१३
भोजपुर । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्त...
जेष्ठ ३१ गते, २०८२ - १९:२२
प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने
जेष्ठ ३१ गते, २०८२ - १९:१५
बागलुङ । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–५ बतासेडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँद...
जेष्ठ ३१ गते, २०८२ - १९:०८
तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आ...
जेष्ठ ३१ गते, २०८२ - १८:५४
पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण गरी आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुखसहित वरिष्ठ व्यक्तित्वहरूको हत्या...
जेष्ठ ३१ गते, २०८२ - १८:४७
काठमाडौं । अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-४ का ५१ वर्षीय राजक...
जेष्ठ ३१ गते, २०८२ - १८:३६
काठमाडाैं । मोबाइल पसल सञ्चालकलाई धम्क्याएर पाँच लाख रुपैयाँ असुलिएको आरोपमा तीन प्रहरीसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कोलहपुर ...
प्रतिकृया लेख्नुहोस्: