Ntc summer Offer
Khabar Dabali ७ फाल्गुन २०८१ बुधबार | 19th February, 2025 Wed
Investment bank

सरकारले मन्त्रीपरिषद्का पाँच समितिको संयोजक तोक्याे

खबरडबली संवाददाता

काठमाडौं । सरकारले मन्त्रीपरिषद्का पाँच समितिको संयोजक तोकेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 

बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल तोकेको छ । 

प्रवक्ता गुरुङले सरकारले नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा‍. गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गरेको पनि उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु

पाकिस्तान । अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा बन्दुकधारी एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा सात जनाको हत्या गरेको छ ।  उक्त सशस्त्र स...

बाँकेमा शत प्रतिशतलाई एचपिभी खोप

बाँके । बाँके जिल्लामा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाए...

‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार

बागलुङ । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई...

सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै साँढे ७३ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  ...

रौतहटमा डुबेर दुई बालिकाको मृत्यु

रौतहट । रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोलकी दुई वर्षीया अलिसा...

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालकाे माग

काठमाडौं । उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी नेपाल (जसपा) ले सरकारले ल्याएकाे भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनु पर्ने माग राखेकाे छ । भूमिसम्बन्ध...

इन्डोनेसियाले ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने

जाकार्ता । इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।...

साउदीमा युक्रेन बिना नै अमेरिका र रूसका बिदेश मन्त्रीबिच युद्धविराम बारे छलफल

रियाद । युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ । उक्त बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रु...

सुनसरीमा हाँस पालन गरिएकाे एक कृषि फर्ममा बर्डफ्लु पुष्टी

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाका एक कृषि फर्ममा बर्डफ्लु  रोग फैलिएको पुष्टि भएको छ । हाँस पालन गरिएको कोशी गाउँपालिका ६ तुम्याहीस्थित सप्तकोशी कृष...

राेकियाे नेपालमा एमसीसी सहयोग

काठमाडौं । अमेरिकाले तत्कालका लागि  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी रोकिएक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy