Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

एयर इन्डियाको विमान रूसमा आकस्मिक अवतरण

खबरडबली संवाददाता

भारत । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमान नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जाँदै थियो । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिअनुसार विमानमा ‘ककपिट क्रू’ ले सामान राख्ने भागमा सम्भावित समस्या पत्ता लगाएपछि सावधानीपूर्वक अवतरण गरेको थियो । विमानमा सवार २२५ यात्रु तथा चालक दलका १९ सदस्यलाई थप अनुसन्धान र आगामी प्रक्रियाका लागि टर्मिनल भवनमा लगिएको विज्ञप्तिमा जनाइएको छ । 

उक्त रूसी विमानस्थलमा एयर इन्डियाको आफ्नै कर्मचारी नभएको कारण यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न तेस्रो–पक्ष सहयोगको व्यवस्था गरी सरकारी निकाय र नियामक अधिकारीको सम्पर्कमा यात्रुलाई चाँडै सान फ्रान्सिस्को लैजान क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडानको व्यवस्था गरिरहेको विज्ञप्तिमा उल्लेख छ । 

एयर इन्डियाका प्रवक्ताले एयर इन्डिया यात्रु र कर्मचारीको बारेमा चिन्तित रहेको बताउँदै सकेसम्म छिटो उडान सञ्चालनका लागि सबैको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न हर सम्भव प्रयास गरिरहेको जनाएको छ । 

उनले एयर इन्डियामा यात्रु र चालक दलका सदस्यको सुरक्षा प्राथमिकतामा रहेको उल्लेख गर्दै अवस्थाको मूल्याङ्कन गरी यात्रुलाई जति सक्दो छिटो गन्तव्यमा पुर्‍याउने व्यवस्था गर्ने बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE