काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् ।
प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन् 'बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।'
प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् ।
यसैबीच परराष्ट्र मन्त्रालयले बंगलादेशमा प्रदर्शन शुरु भएदेखि अहिलेसम्म ८ सयभन्दा बढी बिद्यार्थी नेपाल फर्किसकेको जानकारी दिएको छ । मन्त्रालयले उनीहरु सडक र हवाई माध्यमबाट स्वदेश फर्किएको जनाएको छ ।
बङ्गलादेशमा पछिल्ला दिनमा आरक्षणको विरोधमा आन्दोलन चर्केपछि हिंसात्मक घटना हुन थालेका छन् । ढाकास्थित नेपाली राजदूतावासका अनुसार हाल बंगलादेशमा करिब तीन हजार नेपाली विद्यार्थी रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: