Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

देशभरका शिवालयमा भक्तजनद्वारा पूजाआजा

खबरडबली संवाददाता

काठमाडौँ । साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनले पूजाआजा गरिरहेका छन् । आज बहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँमा पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने क्रम जारी छ । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् । उनीहरु निराहार ब्रत बसेर भगवान शिवको पूजा अराधना गर्ने गर्छन् ।

पशुपतिनाथमा भक्तजनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएका छन् । पशुपतिनाथका साथै ललितपुरको कुम्भेश्वर मन्दिरमा समेत दर्शनार्थीले पूजाआजा गरेका छन् ।

देवघाटमा भक्तजनको घुइँचो
चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार बोलबम नुहाउन आउनेको सङ्ख्या उल्लेख्य छ । उनले भने, “दिनभर करिब ३५ हजार भक्तजन आउने अनुमान गरेका छौँ ।” 

हालै त्रिशूली नदीमा दुई बससहित यात्रु बेपत्ता भएका तथा वर्षा जारी रहेका कारणले भक्तजनको सङ्ख्यामा कमी आएको कार्यकारी निर्देशक बरालले बताए । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटमा हरेक वर्ष साउन महिनाको सोमबार भक्तजन स्नानका लागि आउने गरेका छन् ।

बागलुङका शिवालयमा बिहानैदेखि पूजाआजा 

गलेश्वर । साउनको पहिलो सोमबार आज बागलुङका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वरमा दर्शनार्थीको उल्लेख सहभागिता रहेको छ । मुक्तिनाथको प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । गलेश्वरमा साउन महिनाको सोमबार, शिवरात्रि र बालाचर्तुदशीमा विशेष मेला लाग्छ । 

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा पनि बिहानदेखि भक्तजनले पूजाआजा गरिरहेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले जानकारी दिए । यस्तै काठेखोला गाउँपालिका–७ को ओदानेश्वर महादेव मन्दिर, बागलुङ नगरपालिका–९ को तित्याङ शिवालय मन्दिरमा समेत भक्तजनले पूजाआजा गरिरहेका छन् ।

यस्तै काठखोला–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र गलकोट नगरपालिका–७ मल्मस्थित सिद्वेश्वर शिवालय मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा भइरहेको छ ।

झापाका शिवालयमा जलार्पण   

झापा । झापाका विभिन्न शिवालयमा  भक्तजनले बिहानैदेखि जलार्पण गरेका छन् । अर्जुनधारा जलेश्वरधाम, शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधाम, मेचीनगरमा रहेको कृष्णथुम्की, महाकालेश्वर, पातलगङ्गा, ऊँकारेश्वर, कनकाई धामलगायत मन्दिरमा जलार्पण गर्ने भक्तजनको घुइँचो लागेको छ । भक्तजनका लागि विभिन्न सङ्घसंस्थासितको सहकार्यमा पानी, सर्वत, सातु, प्रसाद आदिको व्यवस्था गरिएको अर्जुनधारा धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।

साउने सोमबारी मेला 

महोत्तरी  । साउन महिनाको पहिलो सोमबार आज मिथिलाक्षेत्रका शिवालय भरिभराउ छन् । महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वरनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि शिवको दर्शन गर्न आउने भक्तजनको घुइँचो लागेको छ । मिथिलामा सौरमास र चन्द्रमास दुवैभित्र परेको साउने सोमबारको खास महत्व हुन्छ । 

मेला व्यवस्थापन समितिका अध्यक्ष एवं बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाका अनुसार टुटेश्वरनाथ साउने मेलाको मुख्य संयोजन यसपालिदेखि बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिले गर्न थालेको छ । जिल्लाका प्रसिद्ध शिवालय जलेश्वरस्थित जलेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ महादेव मन्दिर, मगरथानास्थित मङ्गलनाथ महादेव मन्दिर र बर्दिबास–३ राइमण्डलधामस्थित इन्द्रेश्वरनाथ महादेव मन्दिरमा पनि भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । 

यसैबिच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताएका छन् । टुटेश्वरनाथ महादेवको पूजाअर्चनापछि उनले मन्दिरमा आन्तरिक पर्यटकको आकर्षण बढाउन सके स्थानीयको जीविकोपार्जनमा सघाउ पुग्ने उल्लेख गरे ।

पश्चिमको बागमती र पूर्वको कमलाको जलार्पण हुने टुटेश्वरनाथ महादेव मन्दिरको बेग्लै सांंस्कृतिक महत्व रहेको मुख्यमन्त्री सिंहले उल्लेख गर्दै शिवालयको प्रवद्र्धनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरे काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा उनलाई बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले मन्दिरको बारेमा जानकारी गराएका थिए ।

पिण्डेश्वरमा बोलबम मेला

धरान । धरान उपमहानगरपालिका–१४ पिण्डेश्वरमा यही साउन १ गतेदेखि बोलबम मेला आयोजना गरिएको छ । पहिलो सोमबार आज बिहानैदेखि यहाँ जल चढाउन आउने भक्तजनको घुइँचो लागेको छ । पिण्डेश्वर मन्दिरमा सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल ल्याएर चढाउने गरिन्छ । यहाँ भक्तजनले बिहान ३ बजेदेखि नै जल चढाउन थालेका थिए । 

बोलबम मेला भर्न आउने भक्तजनको सङ्ख्या बर्सेनी बढ्दै गएको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरेले बताए । पिण्डेश्वरमा २०३९ सालदेखि सप्तकोशीको पानी ल्याएर जल चढाउने परम्परा छ । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरिएको समितिले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...

चिसो बढेपछि चन्द्रपुरका विद्यालय आजदेखि बन्द

रौतहट। रौतहटमा  चिसो अत्याधिक बढेपछि चन्द्रपुर  नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...

मोरङमा गाँजा तस्करी पक्राउ गर्न लगातार हवाई फायर, एम्बुलेन्सबाट ४८० किलो गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...

आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending