बाँके । डिभिजन वन कार्यालय बाँकेले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न स्थानका ६८ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोपण गरेको छ । गत आर्थिक वर्ष ०८०–८१ मा उक्त सङ्ख्यामा वृक्षरोपण गरिएको हो ।
डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा जिल्लाका विभिन्न सामुदायिक वनका ६८.३४ हेक्टर खाली जमिनमा एक लाख १० हजार बिरुवा लगाइएको बताए । उनका अनुसार एक हेक्टर जमिनमा एक हजार ६ सयका दरले वृक्षरोपण गरिएको हो ।
कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गौरी सामुदायिक वनक्षेत्रको ४.०० हेक्टर, जलहन सामुदायिक वनक्षेत्रको २२.००, जलनधारा सामुदायिक वनक्षेत्रको १०.००, भुवर भवानी सामुदायिक वनक्षेत्रको ३.८१ र सिद्धेश्वर सामुदायिक वनक्षेत्रको ७.५३ हेक्टर गरी ४७.३४ हेक्टर खाली जमिनमा उक्त बिरुवाहरू लगाइएको सूचना अधिकारी रोकाले जानकारी दिए ।
त्यसैगरी, राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी मितेरी सामुदायिक वनको ११.०० हेक्टर र समय भवानी सामुदायिक वनको ५ हेक्टर गरी १६ हेक्टर जग्गामा वृक्षारोपण गरिएको छ । वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पोखरा माता सामुदायिक वन क्षेत्रको १३ हेक्टर खाली जमिनमा तारबार गरिएको र ५ हेक्टर जमिनमा वृक्षरोपण गरिएको सूचना अधिकारी रोकाले जानकारी दिए ।
उक्त खाली जमिनमा खयर, असना, मौवा, जामुन, बर्रौ, बेल, बिजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राजवृक्षलगायतका बिरुवा लगाइएको रोकाले जानकारी दिए । ६८.३४ हेक्टर खाली जमिनमा एक लाख १० हजार बिरुवा लगाउँदा बिरुवा उत्पादन, वृक्षरोपण तथा तारबार गर्नमा ६९ लाख ८० हजार रुपियाँ खर्च भएको रोकाले बताए ।
डिभिजन वन कार्यालय बाँकेले आर्थिक वर्ष ०७९–०८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार बिरुवा रोपण गरेको थियो । डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनारा, बगर लगायतका खाली जग्गा भएका क्षेत्रहरूको पहिचान गरी लाखौँ बिरुवाहरू लगाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: