पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रतिबद्ध रहेको बताएको छन् ।
अफगानीस्तान र पाकिस्तानले गत बुधबार रमजानको समापन र इद अल-फितरका लागि एक हप्ताको युद्वविराम घोषणा गरी सोमबार मध्यरातसम्म अस्थायी युद्धविराम गर्न सहमत भएका थिए । विदेश मन्त्री दारले विज्ञप्ती जारी गर्दै पाकिस्तान आतङ्कवादलाई उन्मूलन गर्न दृढ प्रतिबद्ध रहेको बताएको छन् ।
आइतबार, तालिबान सरकार र एक चिकित्सा स्रोतले कुनार प्रान्तमा पाकिस्तानले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको बताएको छ । काबुलले आफ्नो क्षेत्रमा सीमापार आक्रमणका लागि चरमपन्थीलाई शरण दिएको इस्लामाबादको दाबीलाई लिएर अफगानिस्तान र पाकिस्तान महिनौँदेखि द्वन्द्वमा छन् । तालिबान अधिकारीले भने उक्त दाबीलाई अस्वीकार गरेका छन् ।
गत सोमबार काबुलको लागु औषध पुन: स्थापना केन्द्रमा पाकिस्तानी आक्रमण पछि इदको युद्धविराम भएको थियो, जसमा अफगान अधिकारीले ४०० भन्दा बढीको ज्यान गएको बताएका थिए । फेब्रुअरीमा सुरु भएको झडप खाडी राज्यहरू र चीन लगायतको मध्यस्थता प्रयासबिच निरन्तर चलिरहेको जनाइएको छ । पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री शाहबाज सरिफले सोमबार अफगानिस्तानमा सैन्य कारबाही आतङ्कवाद विरुद्धको राष्ट्रिय सङ्कल्प उल्लेख गरेको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: