बर्दिया । बर्दियाको मधुवन नगरपालिकाका-३ का वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बीमा गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्ज बाँकेमार्फत उनीहरुको बीमा गरेको हो ।
मधुवन-१, २ र ३ नम्बर वडामा बसोबास गर्ने एक हजार तीन सय ११ परिवारका तीन हजार तीन सय ९० महिला र तीन हजार तीन सय ६६ पुरुषको प्रतिव्यक्ति दुई लाखका दरले सामूहिक दुर्घटना बीमा गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले जानकारी दिए ।
कूल ३५ करोड १२ लाख बिमाङ्क जम्मा गरिएको उनले बताए । “अन्य कुरामा पनि बीमा कम्पनीसँग सहकार्य जारी भएकाले बीमाको थप बीमाका कार्यक्रम बढाउँदै लैजान्छौँ । बीमा अवधि २०८१ असार ३० गतेदेखि २०८२ असार २० गतेसम्म एक वर्ष कायम रहने छ”, उनले भने ।
दुर्घटना भएको ३५ दिनभित्र बिमकलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत टङ्क गुरुङ बताउँछन् । दाबी जालसाजीपूर्ण भए, दाबीको सिलसिलामा विमालेख धारक वा विमित वा निजको तर्फबाट कार्य गर्ने ब्यक्तिले झुठ्ठा बयान दिई अनुचित लाभ उठाउन खोजे, बीमा ऐन २०४९ बमोजिम बीमा समितिले विमकको पक्षमा फैसला गरेको ३५ दिनभित्र उच्च अदालतमा उजुरी परे बीमा भुक्तानी नहुने प्रावधान छ ।
बन्यजन्तुबाट दुर्घटना भई मृत्यु भएको अवस्थामा बीमा रकम दुई लाख उपलब्ध गराइने अधिकृत गुरुङले बताए । लुम्बिनी प्रदेश सरकारले वन्यजन्तु प्रभावित क्षेत्रका स्थानीयको सामूहिक बीमा गरेपछि पीडितले समयमै राहत रकम पाउन सहयोग पुग्ने खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: