Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा, तीन हजार देखि आठ हजारसम्म शुल्क निर्धारण

खबरडबली संवाददाता

नुवाकोट। त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए ।  “जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ,” निर्देशक डा लामाले भने, “बिरामीको रोग पत्ता लगाउन सहज भएसँगै अस्पतालले प्रवाह गर्ने सेवा र अस्पतालप्रतिको विश्वास समेत बढाउन उल्लेख्य सहयोग पुग्नेछ । बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता अब अन्त्य भएको छ ।”

शरीरको भित्री अङ्गका रोग तथा चोटपटक थाहा पाउन अति नै महत्त्वपूर्ण मानिने सिटीस्क्यान उपकरणले मस्तिष्क, टाउको, घाँटी, छाती, पेट, आन्द्रा, कलेजो, फोक्सो, नशालगायत शरीरको भित्र अङ्गका रोगको पहिचानका लागि प्रभावकारी मानिने गरिएको छ । उपकरणका सहायताले सघन प्रकृतिका रोगको समस्या पहिचान गरेर त्यसको समयमै निदानका लागि प्रभावकारी मानिने निर्देशक डा लामाको भनाइ छ । 

अस्पतालले सिटी स्क्यान सेवा उपभोगका लागि रोगका प्रकृति र जाँच गर्नुपर्ने अवस्था हेरेर रु तीन हजार देखि रु आठ हजारसम्म शुल्क निर्धारण गरेको छ । उक्त शुल्कमा स्वास्थ्य बिमा गरेका बिरामीले १० प्रतिशत मात्रै नगद भुक्तानी गरे हुने भएकाले बिरामीले रु एक हजारभन्दा कम शुल्कमा नै सिटी स्क्यानको सबै सुविधा उपभोग गर्न पाउनेछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

रास्वपा र उज्यालो नेपाल एकता वार्ता निष्कर्षविहीन, भागबन्डामै अड्कियो छलफल

रास्वपाले १५ प्रतिशतभन्दा बढी दिन नसक्ने अडान राखेपछि वार्ता निष्कर्षमा पुग्नन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending