काठमाडौं । मौरिटानियाको तटमा एउटा जहाज दुर्घटनाग्रस्त भएको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म २५ आप्रवासीको मृत्यु भएको र कैयौं बेपत्ता भएका छन् ।
राजधानी नौआकचोट नजिकै भएको घटनामा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले १९० भन्दा बढी मानिस अझै बेपत्ता रहेको र उनीहरुको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएको छ ।
एक कोस्ट गार्ड कमाण्डरले मौरिटानियाको तटरक्षकले १०३ आप्रवासीलाई उद्धार गरेको र २५ शव निकालेको बताएका छन् । यसअघि जुलाई २२ मा डुङ्गा पल्टिनुअघि करिब ३०० जनाले काठको डुङ्गामा गाम्बिया छोडेका र सात दिनसम्म समुद्रमा बिताएका आइओएमले जनाएको छ ।
कोस्ट गार्ड आउनुअघि १५ जनाको मृत्यु भइसकेको थियो भने १० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । यसअघि जुलाई ५ मा पनि यस्तै घटना भएको थियो, जसमा मौरिटानियन तटरक्षकले पल्टिएको डुङ्गाबाट ८९ आप्रवासीको शव निकालिएको थियो ।
आईओएमले धेरै आप्रवासीहरू मोरक्कोको तटमा अवस्थित क्यानरी टापुहरूमा पुग्ने प्रयास गरेको बताएको छ । पश्चिम अफ्रिकादेखि स्पेनसम्मको यो रुट विश्वको सबैभन्दा खतरनाक रुटमध्ये एक हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - २०:३९
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ । कैलाश गाउँपालिका –२ छ्या...
मंसिर १० गते, २०८१ - २०:३४
काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७३ करोड रुपियाँ कर फिर्ता गरेको छ । गत आवमा सङ्कलित करमध्ये विभिन्न कूटनीतिक निकाय र करदातालाई स...
मंसिर १० गते, २०८१ - १९:५८
कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले ...
मंसिर १० गते, २०८१ - १९:४७
काठमाडाैं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा पुगेक...
मंसिर १० गते, २०८१ - १९:२४
काठमाडाैं । मन्त्रिपरिषद् बैठकबाट परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्र...
मंसिर १० गते, २०८१ - १९:१३
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ...
मंसिर १० गते, २०८१ - १९:०८
काठमाडौं । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जालल...
मंसिर १० गते, २०८१ - १८:४८
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस) को अध्यापन...
मंसिर १० गते, २०८१ - १८:४३
चितवन । यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका ...
मंसिर १० गते, २०८१ - १८:२८
काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन...
प्रतिकृया लेख्नुहोस्: