Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

फेरियो बेचबिखनको शैली, कहाँ जाने बहिनी भनेर सोधे-दार्जिलिङ घुम्न हिँडेको भन्छन्

खबरडबली संवाददाता

झापा । आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई  भारतको विभिन्न सहरमा पु¥याउने गरिएको पाइएको छ ।

कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए ।

“विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरेका छौँ”, उनले भने, “उद्धार गरिएका ती अधिकांश किशोरी छन् । उनीहरुलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदै थियो ।”

पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको जनाउँदै उनले नेपाली युवतीलाई भारतीय भूमि पु¥याएर भिजिट राहदानीमार्फत घरेलु कामदारका लागि हङ्कङ र खाडी मुलुक लैजाने प्रवृत्तिसमेत बढेको बताए । माइती नेपालले मानव बेचबिखनका लागि भइरहेका आपराधिक गतिविधि रोक्न सीमामा निगरानी बढाएको समेत जनाएको छ ।

“एक दशक पहिलेको कुरा गर्ने हो भने नाकाबाट लुकीछिपी नेपाली किशोरीहरुलाई भारत पु¥याएर सिधै यौन शोषण हुने कोठीमा बन्धक बनाइन्थ्यो”, उनले भने, “ श्रम शोषण गर्ने शैली बदलिएको छ । सामाजिक सञ्जालबाट अपत्यारिलो तलब पाइने जागिरको लोभ देखाउने र भारत लगेर जबर्जस्ती श्रम शोषण गर्ने गिरोहको चलखेल अचेल बढेको पाइएको छ ।”

सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा माइती नेपालले पूर्वीनाका काँकडभिट्टामा भारत जाँदै गरेका छ हजार सात सय ९१ जनालाई सीमामा रोकेर जाँच गरेको जनाएको छ । यसमध्ये आठ सय एक जनालाई परामर्शपछि सुरक्षित रुपमा फर्काइएको छ ।

सीमामा रोकेर जाँच गरेर फर्काइएका आठ सय एक जनामध्ये १८ वर्ष मुनिका एक सय १९ जना नाबालिग थिए । माइती नेपालको तथ्याङ्कअनुसार सोही अवधिमा काँकडभिट्टा नाकाबाट उद्धार गरेर सुरक्षित रुपमा २२ जना नाबालिगलाई घर पु¥याइएको छ ।

उक्त अवधिमा भारतको विभिन्न सहरमा जोखिमपूर्ण श्रम शोषणमा परेका चार जना नाबालिगलाई उद्धार गरेर नेपाल ल्याइएको घिमिरेले जानकारी दिए । माइती नेपालले काँकडभिट्टालगायत विभिन्न नाकामा निगरानीका लागि कर्मचारी परिचालन गर्दै आएको छ । उनीहरुले भारत जान लागेका बालबालिका र शङ्कास्पद व्यक्तिहरुलाई तत्कालै सोधपुछ र जाँच गर्दै आएका छन् ।

भारतको दार्जिलिङ, सिलिगुढी घुम्न जाने र नातेदारको घरमा पाहुना खान जाने भन्ने बहाना बनाएर गिरोहले नेपाली किशोरीहरुलाई नाका कटाउने गरेको माइती नेपालको सीमा निगरानीकर्ता गङ्गा मगरले बताए ।

“कहाँ जाने बहिनी भनेर सोध्यो भने कोहीले दार्जिलिङ घुम्न जान हिँडेको भन्छन् भने कोहीले आन्टीको घरमा पाहुना लाग्न गएको भनेर हामीलाई झुक्याउन खोज्छन्”, सीमा निगरानीकर्ता मगरले भने, “उनीहरुको हाउभाउ र बोलाइबाटै हामीलाई उनीहरुलाई कसैले प्रलोभनमा पारेर भारत लैजाँदैछ भन्ने थाहा भइहाल्छ । घर ठेगाना, जाने ठाउँको नाम र कामको प्रकृति सोधीखोजी गरेपछि उनीहरुको अवस्था खुलिहाल्छ । भारत लैजाने गिरोहले नै उनीहरुलाई बोर्डरमा ढाँट्न सिकाएको हुन्छ । अठार वर्षमुनिका किशोरीलाई हामी कडा निगरानीमा राख्छौँ ।”

केही वर्षयता काँकडभिट्टा नाकाबाट लुकीछिपी भारतको सिलिगुढी आसपास पु¥याएर नेटवर्किङ धन्धामा नेपाली किशोरीलाई फसाउने प्रवृत्ति बढेको माइती नेपाल काँकडभिट्टाका संयोजक घिमिरेले बताए ।

भारतको सिलिगुढी, चेन्नाइलगायत सहरमा पु¥याएर ३० हजार भारु मासिक तलब दिने लोभ देखाएर नेपाली चेलीलाई फसाउने गरिएको र लगिसकेपछि होटल, रेस्टुराँ र घरेलु कामदारका रुपमा बन्धक जस्तो बनाएर काममा लगाउने गरिएको धेरै गुनासो आउने गरेको उनले जानकारी दिए ।

पश्चिम नेपालको जुम्ला, बाजुरा, दाङलगायत जिल्लाबाट ऋण काढेर रोजगारी खोज्दै आएका किशोरी इम्पोरियम, ग्लोबल, नेस्क्ट ग्रिप, आर्ज ट्रेडलगायत विभिन्न नेटवर्किङ धन्धामा आफ्नो भएभरको सबै रकम डुबाएर विचल्लीमा पर्ने गरेको माइती नेपालको सम्पर्कमा उद्धार भएकाहरुले बताउने गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending