Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको ताकेता

खबरडबली संवाददाता

पर्वत । पवित्र कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थलमा रहेको पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीधामको सम्पत्ति विवरण सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले तकेता गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीमा रहेको नृसिंह मन्दिर र गुठीका नाममा सयौँ रोपनी जग्गा र करोडौँ रकम रहेको भए पनि अहिलेसम्म सम्पत्ति सार्वजनिक हुन नसकेको भन्दै प्रशासनले पत्र काटेको हो । 

डेढ दशकयता छरसातपटक लगाइएका छ महायज्ञबाट सङ्कलित रकम, दैनिकजसो दर्शनाथी तथा भक्तजनबाट सङ्कलन हुने भेटी र विभिन्न सङ्घसंस्थाले गर्दै आएको आर्थिक सहयोग तथा जिन्सी सामग्रीको लगत अहिलेसम्म सार्वजनिक हुन नसकेकाका सम्पत्ति सार्वजनिक गर्न मोदीवेणीधाम व्यवस्थापन समितिका नाममा पत्र काटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

गुठीका नाममा जिल्लाको कुश्मा र फलेवास नगरपालिका तथा स्याङ्जाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकालगायत विभिन्न स्थानमा रहेको दुई सय ५० रोपनी जग्गाको विवरण समेत सार्वजनिक हुन सकेको छैन । लामो समयदेखि सरोकार भएका निकायले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे पनि मोदीवेणीधाम व्यवस्थापन समितिले आनाकानी गरेपछि प्रशासनले परिपत्र गरेको उनले बताए ।

एक वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले परिपत्र गर्दा समितिले अटेर गरेपछि पुनः प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पत्र पठाएका छन् । प्रशासकीय अधिकृत शर्माले गुठीका नाममा रहेको चलरअलच सम्पत्ति के कति छ, कसरी व्यवस्थापन भइरहेको छ भन्ने विवरण उपलब्ध गराउन पत्र पठाइएको जानकारी दिए । सरकारी तथा गुठीका नाममा रहेको सम्पत्ति संरक्षणको दायित्व प्रशासनको भएकाले एक साताभित्र विवरण उपलब्ध गराउन भनिएको उनले बताए । 

तोकिएको समयभित्र विवरण नआएमा अन्य प्रक्रिया थाल्ने प्रशासकीय अधिकृत शर्माले बताए । प्रसिद्ध मुक्तिनाथ मन्दिर जाने भक्तजनको आश्रयस्थलका रुपमा रहेको मोदीवेणीमा दुई दशक अघिसम्म नेपालका साथै भारतीय पर्यटकको समेत उत्तिकै चहलपहल हुन्थ्यो ।

मोदीवेणीधाममा वार्षिक रुपमा ठूलो आम्दानी हुने गरेको भए पनि अहिलेसम्म सार्वजनिक हुन नसक्दा हिनामिना भएको आशङ्का बढेको स्थानीय ८५ वर्षीय हरिप्रसाद आचार्यले बताए । “यस क्षेत्रको सबैभन्दा ठूलो धार्मिकस्थल मोदीवेणी हो ।

यहाँ पर्वत, बागलुङ र स्याङ्जालगायत जिल्लाका साथै भारतीय तीर्थयात्री आउँछन् । यात्राका क्रममा तीर्थयात्री यहीँ बास बसेर मुक्तिनाथ जान्छन्”, स्थानीय हरि सापकोटाले भने, “सीमित परिवारले यसको हिनामिना गरेका हुन सक्छन् । यथाशीघ्र सम्पत्ति विवरण सार्वजनिक गरेर सरकारले आवश्यक संरक्षणमा ध्यान दिनुपर्दछ ।”

मोदीवेणी नृसिंह धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले सदियौँदेखि मन्दिरको व्यवस्थापन बैरागी परिवारले गर्दै आएको बताउँदै यहाँ रहेको जग्गा र अन्य सम्पत्ति हिनामिना नभएको दाबी गरे । उनले पुजारी तथा पुजाकर्म व्यवस्थापन, मर्मतसम्भार, रङ्गरोगन, तीर्थयात्रीलाई खानपान, सरसफाइलगायत व्यवस्थापकीय काममा मन्दिरमा हुने आम्दानी खर्च हुने गरेको जानकारी दिए ।

सम्पत्ति विवरण सार्वजनिक गर्न प्रशासनले ताकेता गरेपछि विवरण तयारीमा लागेको जनाउँदै अध्यक्ष बैरागीले यहाँको सम्पत्ति विवरणमा कुनै अपारदर्शिता नभएको दाबी गरे । मोदीवेणीधाममा रहेको घाटमा पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र स्याङ्जाको अर्जुनचौपारी र आँधीखोलागाउँपालिकाबाट शव दाहसंस्कारका लागि ल्याउने गर्दछन्  । यहाँ हरेक एकादशीका साथै हरिशयनी, हरिबोधनी एकादशी, माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, बालाचतुर्दशी, शिवरात्रीलगायत पर्वमा ठूलो मेला लाग्ने गर्दछ । 

पछिल्लो समय कुश्मादेखि मोदीवेणीसम्म सहज सडक यातायात र कालीगण्डकी लोकमार्गअन्तर्गत मोदीवेणीधामबाट ‘ट्र्याक’ खुलेपछि यहाँ मेला भर्न तथा दाहसंस्कारका लागि आउनेहरुलाई सहज भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending