गलकोट । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगानाको सिगाना माध्यमिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकामको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । तर पछिल्लो समय सुविधा सम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिँगारिएको प्राङ्गणले विद्यालयको वातावरण मनमोहक बनेको छ ।
विद्यालयको शैक्षिक गुणस्तरका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधार पहिलो प्राथमिकता भएकाले विद्यालयले तीन वर्षयता पूर्वाधार निर्माणमा जोड दिएको छ । विद्यालयको पूर्वाधारसँगै प्रविधिमैत्री शिक्षण सिकाइ, अतिरिक्त कक्षा, बाल उद्यान, प्रयोगशाला, कम्प्युटर ल्याबलगायत सुविधाका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको छ ।
शैक्षिक गुणस्तर बढाउन अतिरिक्त कक्षा र प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ । जस्तापाताले छाएर छाप्रामा अध्ययन–अध्यापन गर्ने समयमा उक्त विद्यालयमा शौचालय अभाव थियो । विद्यालयले तीन वर्षमै पूर्वाधारमा मात्र होइन बागलुङ नगरकै पहिलो बालमैत्री विद्यालयको परिचय बनाएको छ ।
विसं २०१० सालमा चन्द्रबहादुर थापाले स्थापना गरेको उक्त विद्यालयलाई अहिले उनकै छोरा टीकाराम थापाले हाँकिरहेका छन् । बुबाले स्थापना गरेको विद्यालयलाई नमुना बनाउन सहरबाट गाउँ फर्केर विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी बहन गरेको उनको भनाइ छ । थापाले आफ्नो तीन वर्षे कार्यकालमा रु एक करोड ३२ लाख खर्चेर विद्यालयलाई भौतिक पूर्वाधारमा नमुना बनाउँदै प्रविधिमैत्री शिक्षालाई जोड दिएको बताए ।
भौतिक पूर्वाधार थपिएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । तीन वर्षमा राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत रु ५० लाख लागतमा चारकोठे भवन निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु १८ लाखमा दुई कोठे भवन निर्माण, पुनः निर्माण प्राधिकरणबाट प्राप्त रु १५ लाखको लागतमा अपाङ्ग र बालमैत्री शौचालय निर्माण, पुनः निर्माण प्राधिकरणकै रु सात लाखमा शुद्ध खानेपानीको व्यवस्था गर्न सफल भएको थापाको भनाइ छ ।
यस्तै, गण्डकी प्रदेश सरकारको सहयोगमा रु सात लाखमा कक्षा कोठामा स्मार्ट टिभीसहितको अध्यापनको व्यवस्था, बागलुङ नगरपालिकाको रु आठ लाख लागतमा एक शिक्षक एक ल्यापटप, कम्प्युटर र विज्ञान प्रयोगशाला र देउसी भैलोबाट सङ्कलन भएर बचत भएको रु २७ लाखबाट बाल उद्यान, प्रवेशद्वार, तारबार, खानेपानी लगायतको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ।
“विद्यालय ऋणमा डुबेको थियो, भौतिक पूर्वाधारको अभाव थियो, खानेपानी र शौचालयको राम्रो व्यवस्था थिएन, बसाइसराइको प्रभावले विद्यार्थी घट्दै थिए, दलित समुदायका विद्यार्थी पोसाकबिना आउने गर्दथे,” उनले भने, “एक पटक गाउँ फर्केर विद्यालयमा सुधार गर्नुपर्यो भन्ने सोच आयो, सबैले साथ दिए, देउसी भैलो खेलेर सङ्कलन गरेको रकमले विद्यालयको भौतिक र शैक्षिक सुधारमा खर्च गरियो ।”
अधिकांश दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने विद्यालयलाई नमुना बनाउन थापाको अभियानलाई शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोविन्दप्रसाद गौतम, स्थानीय जनप्रतिनिधि, बागलुङ नगरपालिका र अभिभावकको आर्थिक, भौतिक र नैतिक सहयोग रहेकाले विद्यालयले मुहार फेर्न सफल भएको वडा सदस्य मनबहादुर नेपालीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - १२:३०
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्या...
बैशाख १९ गते, २०८३ - १२:१९
उर्लाबारी। विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको...
बैशाख १९ गते, २०८३ - ११:५०
काठमाडौँ। काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका...
बैशाख १८ गते, २०८३ - १७:३०
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...
बैशाख १८ गते, २०८३ - १७:२०
काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...
बैशाख १८ गते, २०८३ - १६:३७
काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...
बैशाख १८ गते, २०८३ - १६:११
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...
बैशाख १८ गते, २०८३ - १५:५१
रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...


प्रतिकृया लेख्नुहोस्: