एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार अध्यागमन र राष्ट्रिय सुरक्षाका लागि जिम्मेवार दुई मन्त्रीलाई हटाएका छन् ।
अस्ट्रेलियाको गृह मन्त्रालयले आक्रमण, अपहरण र हत्याको अभियोगमा दोषी ठहरिएका १०० भन्दा बढी अध्यागमन बन्दीलाई अदालतको आदेशपछि रिहा गर्न बाध्य भएको र यसका लागि विवादमा मुछिएका मन्त्रीलाई हटाउने दबाबमा परेको हो ।
अल्बानीजले गृहमन्त्री क्लेयर ओ निल र अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सलाई हटाएर उनीहरुलाई नयाँ जिम्मेवारीमा स्थानान्तरण गर्न लागेका हुन् । प्रधानमन्त्री अल्बानिजले दुवै मन्त्रालयको जिम्मेवारीमा अनुभवी सरकारी समस्या समाधानकर्ता टोनी बर्कलाई अघि सारेका छन् । रिहा गरिएका केही बन्दीलाई थप अपराधको आरोप लागेपछि लेबर पार्टीको सरकार बदनाम भएको थियो ।
पुरानो नीतिअनुसार अस्ट्रेलियाले भिसा दिन अस्वीकार गरेका आप्रवासीहरुलाई कानुनीरुपमा अन्यत्र निर्वासित गर्न नसकेमा उनीहरुलाई अनिश्चितकालका लागि थुनामा राख्न सकिन्थ्यो । कतै नजाने र रिहाइको कुनै आशा नभएकाले धेरै जना वर्षौदेखि अस्ट्रेलियाली कारागारमा थुनिएका थिए । तर नोभेम्बरमा उच्च अदालतको एक फैसलाले यो ‘गैरकानुनी’ भएको ठहर गर्दै २० वर्ष पुरानो द्विदलीय नीतिलाई उल्ट्याएको थियो र करिब १५० जनालाई रिहा गर्न बाध्य बनाएको थियो ।
रिहा भएकामध्ये ७० जनाभन्दा बढीलाई आक्रमण र अन्य हिंसात्मक अपराधमा दोषी ठहर भएपछि भिसा दिन अस्वीकार गरिएको थियो भने सात जनालाई हत्या वा हत्याप्रयासको अभियोगमा दोषी ठहर गरिएको थियो । अस्ट्रेलियाले सन् १९९२ देखि बिना भिसाका नागरिकलाई अनिवार्य हिरासतमा राख्न सुरु गरेको थियो । ह्युमन राइट्स वाचको तथ्याङ्कअनुसार अस्ट्रेलियामा अध्यागमन सम्बन्धी विवादमा थुनामा परेका कैँदीलाई औसत ७०८ दिन हिरासतमा राखिएको छ र एक सय २० भन्दा बढी व्यक्ति पाँच वर्षदेखि हिरासतमा छन् ।
भियतनाम, कम्बोडिया र चीनबाट डुङ्गाबाट ठूलो सङ्ख्यामा मानिसहरु आउने क्रम बढेपछि यसको प्रतिक्रियास्वरुप अस्ट्रेलियाले नयाँ कठोर सीमा नीति बनाएको थियो । तर संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायले यो नीतिलाई ‘स्वेच्छाचारी’ र ‘दण्डात्मक’ भनेको छ भने शरणार्थी पक्षधर अधिकार समूहले यसको आलोचना गरेका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: