हुम्ला। कर्णाली कोरिडोरको हुम्ला खण्डको सर्केगार्डदेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पुसम्मको सडक अवरुद्ध भएको २७ दिनपछि सुचारु भएको छ । अवरुद्ध सडकलाई लालीवगरदेखि दुल्लीकुनासम्म सडक निर्माणको काम गर्दै आएको नेपाली सेनाले भत्केको सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।
प्रहरी निरीक्षक नरेन्द्र चन्दले पहिरो अवरुद्ध भएको २७ दिनपछि मङ्गलबार बिहानबाट सर्केगार्ड खार्पु सडक सुचारु भएको बताए । उक्त खण्डको सडक सेनाले निर्माण गरेको तर हाल नेपाली सेना कालीकोट गएको कारण सेनाले नै कामदार तथा मेशिन लगाएर सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।
सडक विभागलाई सेनाले आफ्नो जिम्माको सो खण्डको सडक हस्तान्तरण नगरी सकेको कारण भत्केको सडक सेनाले नै मर्मत गरेर यातायात सेवा सुचारु गरेको उहाँले बताए। एक हप्ता लगातार अवरुद्ध सडकको मर्मत कार्य गरेपछि सुचारु गरिएको हो । सडक सुचारु भएसँगै यो खण्डमा खार्पुमा आउने चौध वटा मालवाहक सवारी साधन आउन सुरु भएको छ ।
यसअघि सलीसल्ला सर्केगार्ड खण्डको न्यासीमा अवरुद्ध भएको सडक मर्मतपछि यातायात सेवा सञ्चालनमा आएको थियो । खार्पु खण्डको लाली बगरदेखि खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारसम्म एघार स्थानमा पहिरो गएर सडक भत्किएको कारण यातायात सेवा अवरुद्ध रहेको थियो । अब कर्णाली कोरिडोरको हुम्ला खण्ड पूर्ण रूपमा यातायात सेवा सुचारु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: