काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले लगातार तेस्रो खेलमा हार बेहोरेका छन् ।
बुधबार पुरुष एकलतर्फ समूह ‘पी’को आफ्नो अन्तिम खेलमा प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सोझो सेटमा पराजित भएका हुन् । पहिलो सेटमा १२-२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा १०-२१ ले हार बेहोरेका थिए ।
यसअघि प्रिन्स पहिलो खेलमा डेनमार्कका भिक्टर एक्सल्सनसँग २-० को सोझो सेटमा र दोस्रो खेलमा आयरल्यान्डका हात गुएनसँग पनि २-० को सोझो सेटमा पराजित भएका थिए ।
प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए।
पेरिस ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगीताबाट बाहिरिसकेका छन् ।
अब नेपालबाट एथलेट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धामात्र बाँकी छ । सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । म्याराथन दौड अगस्त ११ मा हुने तालिका रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - १७:२०
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएक...
जेष्ठ १ गते, २०८२ - १७:१०
काठमाडौँ । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले बुधबार शि...
जेष्ठ १ गते, २०८२ - १६:५१
काठमाडौँ। साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतसँग फराकिलो हार खेपेको छ । भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्...
जेष्ठ १ गते, २०८२ - १६:४७
इस्लामावाद। पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी ग...
जेष्ठ १ गते, २०८२ - १६:३९
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको ६२औं ...
जेष्ठ १ गते, २०८२ - १५:५५
काठमाडौं । सातोको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक बुधबार पनि घटेको छ । नेप्से परिसूचक आज १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ ...
जेष्ठ १ गते, २०८२ - १५:४४
काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस...
जेष्ठ १ गते, २०८२ - १५:२४
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधब...
जेष्ठ १ गते, २०८२ - १५:१८
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सङ्घीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्नुभ...
जेष्ठ १ गते, २०८२ - १५:१०
सियोल। दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भए...
प्रतिकृया लेख्नुहोस्: